लेनेभोले ल्यायो १५ घण्टा ब्याट्री टिक्ने ल्यापटप, २०१८ को सुरुमै आए यी नयाँ मोडेल



काठमाडौं । अमेरिकाको लसभेगासमा हुन गैरहेको ‘कन्जुमर इलेक्ट्रोनिक्स शो २०१८’ मा थुप्रै विश्वका ब्राण्डहरुले आफ्नो ग्याजेटसको प्रदर्शनी गर्दै छन् ।

लेनोभो
लेनोभोले ‘थिक प्याड एक्स वान’ ल्यापटपको अपग्रेड भर्सन प्रर्दशनीमा सार्वजनिक गर्ने छ । जसमा थिक प्याड एक्स वान कार्बन, थिक प्याड एक्स वान योगा र थिक प्याड एक्स वान ट्याबलेट रहेको छ ।

थिक प्याड एक्स वान कार्बोन सबैभन्दा पातलो र हल्का ल्यापटप भएको कम्पनीले दाबी गरेको छ । यसमा १४ इन्चको आईपीएस डिस्प्ले राखिएको छ । यो ल्यापटप कालो र सुनौलो रंगमा उपलब्ध छ । यसमा पहिलाको भन्दा राम्रो ब्याट्री र कनेक्टिभिटी पोर्टस राखिएको छ ।

कम्पनीका अनुसार यसको ब्याट्री १५.५ घन्टासम्म चल्ने छ । यसमा क्वलकम स्न्याप ड्रयागन एक्स ७ एलटीई ए वान प्रोशेसर राखिएको छ । जसले पहिलाको भन्दा ३ गुना बढी काम गर्नेछ ।

यसमा थन्डर बोल्ड एम ३ पोर्टस र युएसबी टाइप सी पोर्टस पनि राखिएको छ । यसमा बायो म्याट्रिक सिस्टम पनि राखिएकोले यो पहिलाको ल्यापटप भन्दा बढी सुरक्षित हुने कम्पनीले दाबी गरेको छ ।

डेल
डेलले एक्स पि एस १३ प्रर्दशनीमा राखेको छ । यो ल्यापटप कालो र सेतो रंगमा उपलब्ध हुने छ । यो पहिलो ल्यापटप हो जसलाई गोर थर्मल इन्सुलेसनका साथ बनाइएको छ । यो ल्यापटप गएको वर्षको भन्दा निकै गुणस्तरीय रहेको कम्पनीको दाबी छ ।

यो ल्यापटप ओभन ग्लास र क्रिस्टिलन फाइबरबाट बनेको हो । यस ल्यापटमा कुलिङ फ्यान पनि राखिएको छ । यस ल्यापटपको मूल्य ९९९.९९ डलर (नेपाली १ लाख ८ सय रुपैयाँ) पर्ने छ । यो ल्यापटपमा पातलो हुने र यसमा इन्टेल यूएचडी ग्राफिक्स ६ सय २० हुने छ । यसमा १६ जीबी र्याम हुनुका साथै १ जीबीको पीसी आईई एसएस पनि राखिएको छ ।

सामसङ
सामसङले नयाँ नोटबुक ९ र ९ पेन ल्यापटप प्रदर्शनीमा राखेको छ । नोटप्याड ९ १३.३ भर्जन ९९५ ग्रामको रहेको छ । यो डिभाइस ८ औँ पिडीको लागि भनी आई ७ प्रोसेसरद्धारा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यसमा १६ जिबी र्याम रहेको छ ।

यो ल्यापटपलाई फोल्ड गरेर चलाउनको साथै यसमा फिङगर सेनसर पनि राखिएको छ ।

सामसङले नोटप्याड ९ र ९ पेन ल्यापटप सुरुमा कोरियामा यही महिना ल्याएको हो । यसैसँगै अब यो ल्यापटप अमेरीकामा लन्च हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु