आफ्नो फोनमा पैसा जम्मा गर्नुस् नत्र बन्द होला सेवा



काठमाडौं । नेपाल टेलिकमले ल्यान्डलाईन फोनको विलिङ सिष्टम परिवर्तन गर्ने भएको छ । टेलिकमले विलिङ सिष्टम सिआरटिबी एन्ड सिएस (कनभरजेन्ट रियल टाइम विलिङ एन्ड कष्टमर सर्पोटलाई रुपान्तरण गर्न लागेको हो ।

रुपान्तरणपछि टेलिफोनमा रहेको क्रेडिट लिमिटको हदसम्म मात्र सेवा उपयोग गर्न पाउने छन् । डिपोजिट भन्दा बढी जाने वित्तिकै सेवा स्वतह बन्द हुने समेत टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले लाइनका बक्यौता रकम समयमै भुक्तानी गर्नुका साथै आवश्यक रकम अग्रिम रुपमा जम्मा गरी सेवा सुचारु गर्न समेत आग्रह गरेको छ ।


क्लिकमान्डु