मल्ल होटलमा क्यासिनो सञ्चालन गर्न दिन अन्तरिम आदेश



काठमाडौँ । बेल्लिज नेपाल प्रालिलाई मल्ल होटलमा क्यासिनो सञ्चालन गर्न दिन सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आइतबार बेल्लिज नेपाल प्रालिलाई मल्ल होटलमा क्यासिनो सञ्चालन गर्न दिन अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘बेल्जिल प्रालिले कानुनबमोजिम मल्ल होटलसँग सम्झौता गरेबमोजिम रकम भुक्तान गरेको देखिँदा र क्यासिनो सञ्चालन गर्दा कानुनबमोजिम रिट गरेको हुँदा हाललाई रोक लगाउने गरी कुनै कार्य नगर्न नगराउन’ भनिएको छ ।

क्यासिनाले सम्झौताअनुसार मल्ल होटललाई बक्यौता रकम नतिरेको उल्लेख गर्दै पर्यटन विभागले क्यासिनो सञ्चालन पूर्वस्वीकृति सम्बन्धी प्रक्रिया अघि बढाउन नमिल्ने पत्र पठाएको थियो । सोही पत्रविरुद्ध बेल्लिज प्रालिबाट ज्ञानेन्द्र श्रेष्ठ सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

आदेशमा पर्यटन विभागको पत्र पेशा व्यवसाय गर्न पाउने हकलाई प्रभाव पारेको र क्यासिनो नियमावली विपरित उल्लेख छ ।


क्लिकमान्डु