आइएमई लाइफ इन्स्योरेन्सको प्रथम साधारण सभा सम्पन्न



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।

साधारण सभामा सञ्चालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले कम्पनीले आम मानिसको पहुँच हुने खालको १० प्रकारको स्तरीय तथा लाभदायक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको र भविष्यमा अझ बढी लाभदायक र नबिनतम् बीमा योजनाहरु ल्याउने जानकारी गराए ।

हालसम्म आबद्ध रहेका १ हजार २ सय ५४ अभिकर्ताहरुलाई व्यबसायमा सक्रीय रुपले सहभागी हुनेु गरि प्रबिधि र सफ्ट्वयेरलाई उच्चतम् प्रयोग गराई सम्पुर्ण शाखाहरुबाट बिमालेख जारी गर्दै आइरहेको जानकारी दिएको छ ।

उक्त वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको आ. व. २०७३।७४ को वासलात तथा हिसाव समेत स्वीकृत गरेको छ ।

वार्षिक साधारण सभाले संस्थापक समूहवाट प्रतिनिधित्व गर्ने संचालक पदमा डा. रामहरि अर्याल, इश्वर कुमार कार्की, दिप चन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनी कुमार ठाकुरलाई निर्वाचित गरेको छ ।

नव निर्वाचित संचालकहरुले आजै पदवहाली तथा शपथ ग्रहण गर्नुका साथै आजै बसेको संचालक समितिको वैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन समेत गरेको छ ।

कम्पनीले २०७५ साल अषाढ मसान्तसम्मको चुक्ता पूँजी कम्तीमा २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने प्रावधान अनुरुप भविश्यमा सर्बसाधारणलाई शेयर जारी गरी पूँजी बृद्वि गर्ने योजना लिएको छ ।

प्रधान कार्यालय सहित ४० वटा शाखा कार्यालयहरुमार्फत सेवा प्रदान गर्दे आएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु