विवेकान्नदका यी ८ मन्त्र जसले असफलतासँग लड्न सिकाउँछ



काठमाडौं । स्वामी विवेकान्नदका कुराले मानिसहरुको आत्माविश्वास भर्ने काम गरेको छ । जीवनमा निराशबाट टाढा भएर उनको भनाइको पछि लाग्ने मानिसले अफ्नो आत्माविश्वास बढेको महशुस गर्न सक्छ ।

विवेकान्नद आफै कहिल्यै व्यवसायी वा बिजनेश गुरु थिएनन् तर, उनको सन्देशहरुले सधै अरुलाई विजनेश गर्ने प्रेरणा दिने गर्छ । विशेष गरी बिजनेशमा पाएको असफलता पछि त्यसबाट निस्कन चाहने मानिसहरुको लागि विवेकन्नदका भनाइहरु बढी महत्वपूर्ण हुने गर्छन् ।

यस्ता छन् उनको भनाई
ब्रह्माण्डको सबै शक्तिहरु सुरुमा हाम्रो हो, त्यो हामी नै हौं । जुन हामीले आफ्नो आँखामा हात राख्छौँ र रुदै भन्छौँ कति अन्धकार छ जीवन ।

उठ, बिउझ र तबसम्म हिडिराख जबसम्म तिमीले आफ्नो लक्ष्य पाउदैनौं ।

विश्व एउटा जिम जस्तै हो जहाँ हामी आफुलाई दरो बनाउनको लागि आएका हुन्छौं ।

सुरुवातमा हरेक राम्रो कुरा मजाक बन्ने गर्छ । त्यसपछि त्यसको विरोध हुन्छ र अनि मात्र त्यसलाई स्वीकार गर्ने गरिन्छ ।

एउटा समयमा एउटा काम गर । आफ्नो पुरै तनमन लगाएर त्यो काम गर्ने गर, अरु सबै कुरा भुलिदेउ ।

पोसिविलिटिको लिमिट जान्ने एउटै तरीका छ, त्यो हो इमपोसिविलिटिबाट अगाडी निक्लिनु ।

कुनै कमजोरको लागि उठ्नु छ भने रुख जस्तै उभिराख । ताकी अर्को पटक त्यस्तै कमजोरको लागि केही गर्न सकौँ ।

अरुले मजाक गरोस या तिरस्कार त्यसको वास्ता नगरी मानिसहरुले आफ्नो कर्तव्य गरिरहनु पर्छ ।


क्लिकमान्डु