लिबर्टी ईनर्जीले आइपिओ जारी गर्ने



काठमाडौं । लिबर्टी ईनर्जी कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभाले स्थानीय सहित साधारण सेयर जारी गर्ने निर्णय गरेको छ ।

हाल यस कम्पनीले ३ वटा जलविद्युत आयोजना अघि बढाएको छ । कम्पनीद्वारा निर्माणधिन लमजुङ जिल्लास्थित २५ मे.वा. क्षमताको दोर्दी “ए” जलविद्युत आयोजनाको २०७५ आश्विन मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखी कार्य गरिरहेको छ ।

साथै कम्पनीद्वारा प्रवद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मे.वा. क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन कार्य आगामी १ भित्रमा सम्पन्न गर्नेगरी सर्भेक्षण कार्य अघि बढाएको छ ।


क्लिकमान्डु