शिखर सुजको विन्टर सेल मेलामा १५ देखि ७०% सम्म छुट, खरिदकर्ताको आर्कषण



काठमाडौं । शिखर सुजले राजधानीको भृकुटीमण्डपमा लगाएको विन्न्टर सेल मेलामा जुत्ताचप्पल किन्न सर्वसाधारणको भिड लागेको कम्पनीले जनाएको छ ।

एक सातादेखि भइरहेको मेलामा पछिल्लो समय जुत्ताचप्पल किन्न सर्बसाधारणको भिड बढ्दै गएको छ । जुत्ता उत्पादकहरुबीच सेल मेला गर्न दिने कि नदिने भन्ने विवाद उत्कर्षमा पुगेपछि, अब यस्तो मेला नहुने हो कि भन्ने आशंकाले उपभोक्ता सस्तोमा जुत्ताचप्पल किनिहाल्न मेलामा ओइरिएको अनुमान कम्पनीले गरेको जनाएको छ ।

शिखरको सेल मेलामा शनिबार र आइतबार खुट्टा राख्ने ठाउँ थिएन । मेलामा सस्तो जुत्ता किन्न बाटैदेखि लाइन लागेको थियो ।
शिखरले मेलामा फ्यक्ट्रीकै मूल्यमा जुत्ताचप्पल उपलब्ध गराएको कम्पनीका संचालक रामकृष्ण प्रसाईले जानकारी दिए ।

‘बजारमा ५ सय रुपैयाँ प्रतिजोरमा बिक्री हुने महिलाका चप्पल मेलामा दुई जोर ४ सय रुपैयाँमा बिक्री भइरहेको छ ।’ उनले क्लिकमाण्डुसंग भने ।

त्यस्तै, बजारमा १३ सय रुपैयाँसम्म पर्ने स्कुले विद्यार्थीको जुत्ता मेलामा ५ सय रुपैयाँ प्रतिजोर, युवाले रुचाउने कन्भर्स डिजाइनको पाण्डा सुज प्रतिजोर ४ सय रुपैयाँदेखि ६ सय रुपैयाँमा २ जोरसम्म उपलब्ध गराएको उनले जानकारी दिए ।

कपडाको न्यानो टिम्स सुज ५ सय रुपैयाँमा दुई जोर उपलब्ध गराइरहेका छौं । यस्तै बजारमा ७ सय रुपैयाँ पर्ने क्याजुअल सुज ४ सय रुपैयाँमा, बजारमा १५ सयदेखि २५ सय रुपैयाँ पर्ने स्पोर्टस सुज मेलामा १ हजार रुपैयाँमा, बजारमा २५ सयदेखि ३५ सय रुपैयाँसम्म पर्ने जुत्ता मेलामा १५ सय रुपैयाँमा उपलब्ध छ, प्रसाईले भने ।

मेला आगामी माघ ६ गतेसम्म चल्ने छ ।


क्लिकमान्डु