भारतको मिजरोममा चार बच्चा जन्माए पुरस्कार !



काठमाडौं । संसारभर नै बढ्दो जनंसख्या नियन्त्रणका लागि सरकारी र गैरसरकारी तवरबाट विभिन्न प्रयास भएका छन् । बढ्दो जनसंख्या नियन्त्रणका लागि चालिएका प्रयासलाई प्रचार प्रसार गर्नेदेखि व्यवस्थित गर्ने तथा गराउनेसम्मको काम भएका छन् ।

नेपालमा पनि बढ्दो जनसंख्या नियन्त्रणका लागि सरकारले विभिन्न पहल गरिरहेको छ । तर विबिसि हिन्दीले जनाएअनुसार भारतको उत्तर पूर्वी राज्य मिजोरममा एउटा गिर्जाघरले चार वा सोभन्दा बढी बच्चा जन्माउने मिजो जनजातिका दम्पतीलाई प्रोत्साहन रकम दिने घोषणा गरेको छ ।

मिजरोममा जन्मदर घट्न थालेपछि गिर्जाघरले त्यस्तो कदम चालेको हो ।यद्यपि उक्त घोषणाबारे सञ्चारमाध्यममा चर्चा भएपछि गिर्जाघरले त्यसबारे आवश्यक समीक्षा गर्ने प्रतिक्रिया दिएको छ ।

मिजोरममा खासगरी मिजो जनजातिमा घट्दो जन्मदरलाई लिएर त्यहाँका मिजो संगठन र गिर्जाघर निकै चिन्तित रहेका छन् ।

सो राज्यका दुई ठूला गिर्जाघर प्रेस्बिटेरियन र द बापटिस्ट चर्च अफ मिजोरमले बढी सन्तान जन्माउन निरन्तर आह्वान गर्दै आएको समाचारमा जनाइएएको छ ।

हालै लुंगलेई शहरस्थित बापटिस्ट गिर्जाघरको शाखाले सो क्षेत्रका खासगरी मिजो दम्पतीले चार वा सोभन्दा बढी बच्चा जन्माए प्रोत्साहन स्वरूप रकम दिने घोषणा गरेको गरेको बिबिसि हिन्दीले जनाएको छ ।

गिर्जाघरले चौथो बच्चाका लागि चार हजार भारतीय रूपैयाँ, पाँचौँका लागि पाँच हजार र सोही क्रम अनुसार पछिका बच्चाका लागि प्रोत्साहन रकम दिने जनाएको समाचारमा उल्लेख छ ।

गिर्जाघरको त्यस्तो घोषणाबारे विभिन्न खालका प्रतिक्रिया आइरहेको छ । कतिपयले त्यसको सराहना गरिरहेका छन् भने कतिपयले गैरजिम्मेवार कदम भनेका छन् ।

बापटिस्ट गिर्जाघरका प्रमुख दुलाले बीबीसीलाई भने, ‘त्यो घोषणाबारे अन्तिम निर्णय लिइसकिएको छैन। घोषणाबारे छिट्टै हामीले समीक्षा गर्नेछौँ ।’

मिजोरममा जन्मदर निकै कम रहेको भन्दै त्यो चिन्ताको विषय भएको उनले बताए । मिजो समुदायका मानिसको जनजीवनका अनेकौँ पक्षमा गिर्जाघरको महत्त्वपूर्ण भूमिका रहने गरेको छ।

सो राज्य भारतको सानो राज्य हो र यहाँ मिजो जनजातिको जनसंख्या बढ्न सकिरहेको छैन। अतः गिर्जाघरले उक्त निर्णय लिएको हो । सन् २०११ को जनगणना अनुसार मिजोरमको जनघनत्व प्रति वर्गकिलोमिटर ५२ जना रहेको छ जुन अरूणाचल प्रदेशपछि सबैभन्दा कम हो।

तथ्याङ्क अनुसार यो दशकमा मिजोरमको जनसंख्या वृद्धि २३.४८ प्रतिशत रहेको छ जबकि पछिल्लो दशकमा २९.१८ प्रतिशत थियो ।


क्लिकमान्डु