कुन बैंकले निक्षेपमा कति ब्याजदर दिन्छन् (सूचिसहित)



काठमाडौं ।  बैंकमा अहिले ऋण दिनको लागि पैसाको अभाव छ । जसले गर्दा निक्षेपको ब्याजदर बढेको छ । यद्यपी बैंकहरुले निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याजदर नलिने भद्र सहमति गरेका छन् ।

अहिले २८ वटा वाणिज्य बैंकले डेढ प्रतिशतदेखि १२ प्रतिशतसम्म निक्षेपमा ब्याजदर दिएका छन् । बैंक पिच्छे ब्याजदर फरक रहेको छ ।

नबिल बैंकले साधारण बचतमा ३ देखि साढे ४ प्रतिशतसम्म ब्याजदर अफर गरेको छ ।

यस्तै मुद्दती निक्षेपमा योजना अनुसार साढे २ प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदर नलिबले दिएको छ । मुद्दती निक्षेपमा ९० प्रतिशतसम्म ऋण पाइने व्यवस्था रहेको छ ।

हिमालयन बैंकले बचत खातामा २.५० देखि २.७५ प्रतिशतसम्मको ब्याजदर राखेको छ भने मुद्दती निक्षेपमा ६ देखि १० प्रतिशतसम्म ब्याजदर दिने व्यवस्था गरेको छ ।

यसैगरी स्टाण्डर्ड चार्टर्ड बैंकले आफ्ना सामान्य बचत खातामा १ देखि २.७५ प्रतिशतसम्म निक्षेपमा ब्याजदर दिएको छ । मुद्दती निक्षेपमा २ देखि १० प्रतिशतसम्म ब्याजदर बैंकले दिएको छ ।

ग्लोबल आईएमई बैंकले आफ्ना सेवाग्राहीलाई सामान्य बचत खातामा १ देखि ५ प्रतिशतसम्म ब्यादर अफर गरेको छ । मुद्दतीमा ६ देखि ११ प्रतिशतसम्म ब्याजदर दिएको छ ।

सानिमा बैंकले आफ्ना सेवाग्राहीहरुलाई बचत खातामा ५ देखि ६ प्रतिशत ब्याजदर दिने योजना ल्याएको छ । मुद्दती निक्षेपमा ७ देखि ९.५० प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।

बैंक आफ काठमाण्डूले बचतमा साढे ३ देखि साढे ५ तथा मुद्दती निक्षेपमा ७ देखि ११ प्रतिशतसम्म ब्याजदर दिएको छ ।

सेन्चुरी बैंकले बचतमा ७ तथा मुद्दतीमा ११ प्रतिशतसम्म ब्याजदर दिएको छ ।
नेपाल बंगलादेश बैंकले आफ्नो नर्मल एकाउन्टका सेवाग्राहीहरुलाई ५ प्रतिशत ब्याजदर दिने व्यवस्था मिलाएको छ । फिक्स डिपोजिटका सेवाग्राहीले भने १० प्रतिशतसम्म ब्याजदर पाउने छन् ।

जनता बैंकले आफ्ना सेवाग्राहीहरुलाई ५ देखि प्रतिशतसम्मको ब्याजदर दिने भएको छ । फिक्स डिपोजिट गर्ने सेवाग्राहीहरुलाई भने ७ देखि ११ प्रतिशतसम्मको ब्याजदर दिने छ ।

कुमारी बैंकले आफ्ना नर्मल बैंकिङका सेवाग्राहीहरुलाई ६.६० देखि ७ प्रतिशतसम्मको ब्याजदर दिने व्यवस्था गरेको छ । यस्तै फिक्स बैंकिङका सेवाग्राहीलाई भने ७ देखि ११ प्रतिशतसम्मको ब्याजदर दिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले जनरल सेभिङका सेवाग्राहीलाई ०.५० देखि ७ प्रतिशतसम्मको ब्याजदर दिने भएको छ । फिक्स डिपोजिटका सेवाग्राहीलाइ भने ८.५० देखि ११ प्रतिशतसम्मको ब्याजदर दिने भएको हो ।

मेगा बैंकले नर्मल सेभिङ गर्दा १ प्रतिशत ब्याजदर दिने भएको छ । यस्तै फिक्स सेभिङ गर्दा भने ११ प्रतिशतसम्मको ब्याजदर दिने बैंकले जनाएको छ ।

एनसीसीको बचतमा ६ प्रतिशतसम्म ब्याजदर छ भने भने मुद्दतीमा योजना अनुसार ७ देखि ११ प्रतिशतसम्म ब्याजदर दिने गरेको बैंकले जनाएको छ ।

सिभिल बैंकले आफ्ना सेवाग्राहीहरु मध्ये नर्मल सेभिङ गर्नेलाई ४ देखि ५.५० प्रतिशत ब्याजदर दिने भएको छ । यस्तै फिक्स डिपोजिटका सेवाग्राहीहरुलाई भने ९ देखि ११ प्रतिशतसम्मको ब्याजदर दिने व्यवस्था गरेको छ ।

लक्ष्मी बैंकले सामान्य बचत खातामा ५ प्रतिशत ब्याजदर दिने भएको छ । फिक्स डिपोजिट गर्ने सेवाग्राहीहरुलाई भने ७ देखि ९ प्रतिशतसम्मको ब्याजदर दिने गरेको बैंकले जनाएको छ ।

सन्राइज बैंकले नर्मल डिपोजिटका सेवाग्राहीहरुलाई ४ प्रतिशत ब्याजदर दिएको भने फिक्स डिपोजिटका सेवाग्राहीहरुलाई ९ देखि ११ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेको छ ।

प्रभु बैंकले सामान्य बचत खातामा ४ देखि ६ प्रतिशतसम्म ब्याजदर भएको छ । यस्तै फिक्स डिपोजिटका आफ्ना सेवाग्राहीहरुलाई भने ८.५० देखि ११ प्रतिशतसम्मको ब्याजदर दिने भएको हो ।

एनआइसी एसिया बैंकले नर्मल सेभिङका आफ्ना सेवाग्राहीलाई ७ देखि ८ प्रतिशतसम्मको ब्याजदर दिने भएको छ । फिक्स डिपोजिटका सेवाग्राहीलाई भने ४ देखि ११ प्रतिशतसम्मको ब्याजदर दिने गरेको बैंकले जनाएको छ ।

माछापुछ्रे बैंकले आफ्ना नर्मल डिपोजिटका सेवाग्राहीलाई ४ प्रतिशत ब्याजदर दिने गरेको छ । यसैगरी फिक्स डिपोजिटका सेवाग्राहीलाई भने ६ देखि ९ प्रतिशतसम्म ब्याजदर दिने गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले आफ्ना नर्मल डिपोजिटका सेवाग्राहीहरुलाई १.५० देखि २.५० प्रतिशतसम्म ब्याजदर दिने गरेको छ । फिक्स डिपोजिटका सेवाग्राहीलाई भने ३.७५ देखि ११ प्रतिशतसम्मको ब्याजदर दिने गरेको बैंकले जनाएको छ ।

नेपाल बैंकले आफ्ना नर्मल डिपोजिटका सेवाग्राहीलाई १.५० प्रतिशत ब्याजदर दिने गरेको छ । यस्तै आफ्ना फिक्स डिपोजिटका सेवाग्राहीलाई भने ५ देखि ८ प्रतिशतसम्मको ब्याजदर दिने गरेको छ ।

कृषि विकाश बैंकले जेनेरल सेभिङका सेवाग्राहीलाई ४ प्रतिशत ब्याजदर दिने गरेको छ । फिक्स डिपोजिटका सेवाग्राहीलाई भने ५.५० देखि ७.७५ प्रतिशतसम्मको ब्याजदर दिने गरेको बैंकले जनाएको छ ।

एनएमबि बैंकले आफ् िनर्मल डिपोजिटका सेवाग्राहीलाई ३.५० देखि ५.५० प्रतिशतसम्मको ब्याजदर दिने गरेको छ । यस्तै फिक्स डिपोजिटका सेवाग्राहीलाई भने ६ देखि ९.५० प्रतिशतसम्मको ब्याजदर दिने गरेको बैंकको भनाइ छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना नर्मल डिपोजिटका सेवाग्राहीलाई ३.५० देखि ५.५० प्रतिशतसम्मको ब्याजदर दिने व्यवस्था गरेको छ । यस्तै फिक्स डिपोजिटका सेवाग्राहीलाई भने बैंकले ४ देखि १० प्रतिशतसम्मको ब्याजदर दिने भएको छ ।

एसबीआई बैंकले नर्मल सेभिङका सेवाग्राहीलाई २.२५ देखि ४ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । फिक्स डिपोजिटका सेवाग्राहीलाई भने ९ देखि ९.७५ प्रतिशतसम्मको ब्याजदर दिने भएको बैंकले जनाएको छ ।

एभरेष्ट बैंकले नर्मल बजत खातामा डिपोजिट गर्ने आफ्ना सेवाग्राहीलाई ३ प्रतिशत ब्याजदर दिने गरेको छ । यस्तै फिक्स डिपोजिटमा भने बैंकले १०.५० प्रतिशत ब्याजदर दिने गरेको बैंकले जनाएको छ ।


क्लिकमान्डु