पसलमा आगलागी हुँदा ४० लाखको क्षति




विराटनगर । विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा आज बिहान आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

विराटनगर–६ निवासी प्रशन्न वैद्यको ट्याग फेसन वेयरमा विद्युत् चुहावट भई भएको आगलागीबाट पसलमा रहेको तयारी ५० प्रतिशतभन्दा बढी कपडा जलेर नष्ट भएको छ ।

आज बिहान ५ बजेतिर आगलागी भएकोे र आगोलागीमा परी अनुमानित रु ४० लाख मूल्य बराबरको धनमाल क्षति भएको वडा प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र सिटौलाले बर्ता ।

वारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रण लिइएको थियो । आगलागीको कारण र क्षतिको विवरणको विवरणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । रासस


क्लिकमान्डु