सरकारले तोक्यो प्रदेशहरुको अस्थार्इ केन्द्र र प्रदेश प्रमुख



फाइल

काठमाडौं । सरकारले प्रदेशहरुको अस्थार्इ केन्द्र तोकेको छ । सरकारले सातवटै प्रदेशको अस्थायी केन्द्र तोकेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी केन्द्र तोकेको हो ।

प्रदेश नम्बर १ को केन्द्र विराटनगर, प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ३ को हेटौंडा, प्रदेश नम्बर ४ को पोखरा, प्रदेश नम्बर ५ को रूपन्देही, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को धनगढी केन्द्र तोकिएको छ।

यसका साथमा सरकारले प्रदेश प्रमुखहरु पनि नियुक्त गरेको छ ।

सरकारले प्रदेश १ को प्रमुखमा डा। गोविन्द तुम्बाहाङ ९सुब्बा० लाई नियुक्त गरेको छ भने प्रदेश २ को प्रमुखमा रत्नेश्वर लाल कायस्थ नियुक्त भएका छन् ।

त्यस्तै प्रदेश ३ को प्रमुख अनुराधा कोइरालालाई बनाईएको छ भने प्रदेश ४ को प्रमुखमा बाबुराम कुँवर नियुक्त भएका छन् ।

प्रदेश ५ का प्रमुखमा उमाकान्त झा नियुक्त भए भने प्रदेश ६ को प्रमुखमा दुर्गाकेशर खनाल नियुक्त भए । प्रदेश ७को प्रमुखमा भने मोहनराज मल्ललाई नियुक्त गरिएको छ ।


क्लिकमान्डु