पेट्रोल र डिजेलकाे मूल्य बढ्यो



काठमाडौं । नेपाल आयल निगमले आज रातीदेखि लागू हुने गरि इन्धनको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढाएको हो।

निगमकाअनुसार पेट्रोलमा १ रुपैयाँ मूल्य बढाइएको छ भने डिजेल र मटितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । बुधबार मध्यरातिदेखि नयाँ मूल्य लागू हुनेछ ।

भारतीय आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्यमा समायोजन गरेको जानकारी दिएको छ।

निगमले तोकेको नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोल किन्न १ सय ३ रुपैयाँ खर्चनु पर्नेछ भने एक लिटर डिजेल र मट्टतेलको मूल्य ८१.८१ रुपैयाँ तोकिएको छ।


क्लिकमान्डु