यी ५ कदम जस्ले थोरै कमाइबाट धनी बनाउन सक्छ



काठमाडौं । धनी बन्ने चाहना सबैको हुन्छ । तर, त्यो त्यति सहज पनी हुँदैन । आफुले कमाएको सानो रकमको सहिरुपमा सदुपयोग गर्ने हो भने धनी बन्न सकिन्छ ।

सहिसोच र अनुसासनका साथ काम गरे कम समयमा नै धनी बन्न सकिन्छ ।

मासिक बजेट छुटाउनु
धनी बन्नको लागि मासिक बजेट छुट्टाउने गर्नु पर्छ । यसबाट नै तपाइलाईले थाहा पाउनुहुन्छ तपाईको मासिक कमाइ र खर्च कति हुन्छ । हरेक महिना कति बचत गर्ने भन्ने कुरा पनि क्लियर हुन्छ । यसो गर्नाले तपाई अनावस्यक खर्च गर्नबाट बच्नुहुने छ ।

चाडै लगानी सुरु गर्नुस्
तपाई आफ्नो जीवनमा जति बचत गर्नुहुन्छ र त्यसलाई लगानी गर्न सुरु गर्नुहुन्छ त्यतीनै तपाईको धनी बन्ने सपनाको नजिक पुग्नुहुने छ । चाडै लगानी सुरु गर्नुभयो भने कम्पाउन्डीङको लागि धेरै समय मिल्ने छ । तर, जति ढिलो लगानी गर्यो कम्पाउन्डीङको लागि तपाईले समय पाउनुहुने छैन् । र, तपाइलाई आफ्नो लागि ठूलो फन्ड बनाउन उत्तिनै कठिनाइ हुने छ ।

ऋणको कर्जाबाट बच्नुहोस्
आजभोलि क्रेडिट कार्ड र पर्सनल लोन सजिलै लिन सकिन्छ । यसका कारण मानिसहरु कयौँ पटक क्रेडिट कार्डमार्फत अनावश्यक किनमेल गर्ने गर्छन् । तर, पछि क्रेडिट कार्ड बिल पेमेन्ट गर्न समस्या पनि झेल्नु पर्ने हुन्छ ।

यसरी सजिलै पाइने भएकाले मानिसहरु पर्सनल लोन लिएर पनि लग्जरी आवश्यत्ताहरु पुरा गर्ने गर्छन् । यस्ता खालका लोन लिएर अनावश्यक कुरामा खर्च गर्ने बानीका कारण तपाईको ‘फानान्सीयल प्लानिङ’ बेकार हुन सक्छ ।

आपत स्थितिका लागि प्लानिङ गर्नुस्
आपतकालिन स्थितिहरुको लागि पहिलानै प्लानिङ गर्न आवश्यक हुन्छ । प्राय मानिसहरु सोच्ने गर्छन्, उनीहरु कुनै पनि आपतकालिन स्थितीको सामना गर्न सक्छन् । तर, यस्तो हुन सक्दैन् । मेडिकल इमरजेन्सी अथवा कुनै आपतको स्थितीमा मानिसहरुसँग कर्जा लिनुपर्ने हुन्छ । वा लगानी गरेको रकम निकाल्नु पर्ने हुन्छ । यस्तो अवस्थामा तपाईले पहिल नै इमरजेन्सी फन्ड बनाएको भए आपत स्थितीको सामना गर्न सजिलो हुने गर्छ । र, यसको असर तपाईको फाइनान्सीयल प्लानिङमा पर्ने छैन ।

लाइफ इन्सुरेन्स वा हेल्थ इन्सुरेनस किन्नुहोस्
तपाईले लाइफ र हेल्थ इन्सयोरेन्स किन्नु भएन भने कुनै आपत वा आफ्नो परिवारको खर्चलाई लिएर समस्यामा पर्न सक्नुहुने छ ।
खासगरी तपाईको परिवारमा कोही गम्भीर बिमारी हुन्छन् भने तपाई कर्जा लिन बाध्य बन्नुहुन्छ । अथवा आफ्नो लगानीको पैसा निकाल्नु पर्ने हुन सक्छ । त्यसैले यस्तोमा तपाईले लाइफ वा हेल्थ इन्स्योरेन्स गरेको भए त्यसको पैसा चलाउन सक्नुहुने छ । र तपाइले उक्त खर्चको लागि आफ्नो फाइनान्सीयत प्लानिङबाट खर्च निकाल्नु पर्दैन ।


क्लिकमान्डु