निजी क्षेत्रसँग सहकार्य बिना विकास असम्भबः अर्धमन्त्री



काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निजी क्षेत्रसँंग सहकार्य गरेर मुलुकलाई आर्थिक समृद्धितिर लैजान सरकार तत्पर रहेको बताएका छन् ।

६६ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको पूर्व सन्ध्यामा नेपाल चेम्वर अफ कमर्सले बिहीबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री कार्कीले मुलुकलाई आर्थिक समृद्धिमा पुर्याउन निजी क्षेत्रसँंगको सहकार्य महत्वपूर्ण भएको बताएका हुन् ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले भन्सारको सहजीकरण र आधुनिक प्रविधिको विकाससँंगै घरबाटै राजश्व तिर्न सक्ने गरी इकमर्सको व्यवस्था गर्नुपर्ने माग राखेका थिए ।

अध्यक्ष श्रेष्ठले सवै व्यवसायीलाई एउटै नजरले नहेरी राम्रोलाई प्रोत्साहन र खराबलाइृ कारवाही गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा अर्थ राज्य मन्त्री उदय शमशेर राणा, राजश्व सचिव शिशिर कुमार ढंगाना, भन्सार विभागका महानिर्देशक जगदीश रेग्मी, नेपाल चेम्वर भन्सार विभागका सभापति निरज राईलगायतले दिवसका विविध पक्षबारे चर्चा गरेका थिए ।


क्लिकमान्डु