देउराली जनता, जसले औषधिमा आत्मनिर्भर हुन सकिन्छ भन्ने विश्वास बोकेको थियो




काठमाडौं । नेपालको निजी क्षेत्रबाट स्थापित गूणस्तरीय औषधि उत्पादनका गर्ने देउराली जनता फर्मासुटिकल्स २७औं बर्षमा प्रबेश गरेको छ ।

निर्दलीय पन्चायति ब्यवस्थामै स्थापना भएको देउराली जनताले त्यसपछि प्रजातन्त्रको पुनस्थापना, ससस्त्र बिद्रोह, राजाको सक्रिय शासन, दोस्रो जनआन्दोलन, गणतन्त्र तथा तराइ मधेश र जनजाति लगायतका विभिन्न आन्दोलन मात्रै होइन, अहिलेको बाबु पुस्ताले सम्झने दुइटै नाकाबन्दी ब्यहोरेको छ ।

देउराली जनताको स्थापना २०४५ साल असार ९ गते भएको थियो । तर उसलाई औषधी उत्पादन सुरु गर्न थप २ बर्ष लाग्यो । अर्थात २०४७ माघ १६ गतेदेखि यसले औषधी उत्पादन थालेको थियो । कम्पनीले २०६० सालमा नेदरल्याण्डको गुणस्तर निर्धारण गर्ने संस्था डीएनभीबाट २०६० साल मंसिरमा आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ भने विश्व स्वास्थ्य संगठनले २०६१ भदौमा जीएमपी सर्टिफिकेट दिएको छ ।

कम्पनीले दिएको जानकारी अनुसार स्थीर सम्पत्तिमा ५७ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै चालु पुँजीमा ७४ करोड ७३ लाख ८६ हजार रुपैयाँ लगानी गरेको छ ।

देउराली जनताले आफ्नो उत्पादन क्षमता अनुसारको औषधी उत्पादन गर्न भने पाएको छैन । अहिले कम्पनीले जडित क्षमताको ६५ प्रतिशत मात्रै उत्पादन गर्ने गरिएको कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्मा बताउँछन् ।

देउराली जनताले अहिले ५ प्रकारका औषधीहरु उत्पादन गर्ने गरेको छ । उसले झोल औषधिहरु प्रतिसिफ्ट १५ लाख लिटर, ट्याबलेटहरु प्रतिसिफ्ट १२ करोड वटा, क्याप्सुल प्रतिसिफ्ट ८ करोड ५० लाख वटा, ड्राइ पाउडर÷ओआरएस प्रतिसिफ्ट ३ लाख केजी र मल्हम प्रतिसिफ्ट १ करोड ट्युव उत्पालन गर्दै आएको कम्पनीको भनाइ छ ।

उत्पादन कारखाना र प्रविधि
हाल कम्पनीले १ लाख १० हजार बर्ग फिटको पुर्ण वातानूकूलित गरी तैयार गरिएको विश्वस्वास्थ्य संगठनको निर्देशन बमोजिमको कूशल औषधि उत्पादन प्रकृया पुरा भएको कारखाना भवनमा जडित अत्याधूनिक उपकरणहरूबाट उच्च गूणस्तरीय विभिन्न ३२० थरीका औषधिहरू उत्पादन गरिरहेकोछ । यसका साथै यस कम्पनीले मुटु रोग, नशा संवन्धि रोग, मधूमेह, चर्म रोग लगायत नेपालमा देखापर्ने सबै जसो सरुवा रोगको उपचारमा आवश्यक पर्ने उच्च गूणस्तरका औषधिहरू उत्पादन गरिरहेकोछ ।

उत्पादन, विकास तथा अनूसन्धान केन्द्र
कम्पनीको करीव २० हजार वर्ग फिटमा नवनिर्मित अत्याधूनिक उच्च वैज्ञानिक उपकरणहरूले युक्त अनूसन्धान तथा विकास विभाग छ । यो विभागले कम्पनीका सम्पुर्ण कच्चा पदार्थहरू, सहायक कच्चा पदार्थहरू र कम्पनीबाट उत्पादित औषधिहरूको गूणस्तरको परीक्षण गर्नूका साथै नेपालमा अत्यावश्यक औषधिहरूको विकास र अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका कार्यक्रमहरूलाई औषधि उत्पादन तथा परीक्षण गरी उच्चगूणस्तरीय औषधिहरूको अनुसन्धान र विकासमा एक नयाँ आयाम थप्न सफल भएको कम्पनीको बुझाइ छ । नेपालमा औषधिको उत्पादन र विकास गर्न आवश्यक दक्ष जनशक्ति र प्रविधि विकास गर्ने उदेश्यले कम्पनीले आफ्नो अत्याधूनिक उपकरण युक्त नयाँ अनुसन्धानशाला निर्माण गरी आफ्नो व्यवसायीक सफलता बृद्धि गर्न प्रयत्न गरीरहेको छ । यसका साथै नेपालमा विज्ञान र अनुसन्धानको विकासको लागि अविछिन्नरूपमा आफ्ना प्रयत्नहरूलाई प्रयोग गर्दै औषधिको अनुसन्धान र विकासमा नयाँ आयाम थपेको छ । दक्षिण एशियामै उत्पादन नभएका औषधिहरू समेत देउराली जनताले उत्पादन गरेर विक्री वितरण गरिरहेको छ ।

बजार व्यवस्थापन
कम्पनीले आफ्ना विभिन्न ३२० थरीका उत्पादनहरूलाई नेपाली बजारमा बिक्री वितरण गरीरहेको छ । उद्योगको जडित क्षमताको ६५ प्रतिशत मात्र उत्पादन कार्यमा प्रयोग भै रहेकोले बाँकी रहेको जगेडा ३५ प्रतिशत उत्पादन क्षमतालाई विकासको चरणमा रहेको विभिन्न अत्यावश्यक औषधि, नशारोग, मनोचिकित्सा लगायतका औषधिहरू उत्पादन गरी बिक्री वितरण गर्ने लक्ष्य लिएको छ ।

देशको आयात नीति र सहजै विदेशी कम्पनीलाई बजार प्रवेश गर्न दिने सरकारी व्यवस्थाले एवं स्वदेशको कमजोर राजनैतिक तरल अवस्थाले गर्दा नेपालमा निर्वाध रूपमा छिमेकी तथा तेश्रो मूलूकबाट सरल रूपमा आयातित् औषधिसँग स्वदेशी उद्योगहरूले प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । नेपालबाट छिमेकी देश तथा अन्य मुलुकहरूमा निकासी गर्न धेरै नै जटिल परिस्थितीहरूका सामना गर्नु परेको छ ।

छिमेकी देशहरुको नीति नियमको कारण नेपालमा उत्पादीत औषधिहरू निर्यात गर्न असम्भव प्राय भएको छ । निर्यात प्रबद्र्धन र सहजीकरणको लागि सरकारको तर्फबाट कूनै सहयोग प्राप्त भएको छैन ।

‘सरकारले बिदेशी मुलुकमा निर्यात नीतिमा सरलीकरणका लागि पहलकदमी गरीदिए हामी नेपालमा मात्र नभई तेश्रो मुलुकमा समेत गूणस्तरीय औषधि बिक्री बितरण गर्न समेत सक्छौं,’ कार्यकारी निर्देशक शर्मा भन्छन् ।

हाल सो कम्पनीमा अतिदक्ष प्राविधिक कर्मचारीहरू सहित कूल ४५० जना व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।


क्लिकमान्डु