बजार बिस्तारमा व्यञ्जन तेल, युरोपियन स्टार्डडको नेपाली उत्पादन, मूल्य कति ?



काठमाडौं । नेपाली बजारमा झण्डै ३२ अर्ब रुपैयाँ बराबरको बर्षिक तेल खपत हुने गरेको निजी क्षेत्रको अनुमान रहेको छ । पछिल्लो समय नेपालमा ब्राण्डेड तेल बिक्री गर्ने भन्दै बहुराष्ट्रिय कम्पनीहरु आईरहेका छन् । उनीहरुले नेपालमा झण्डै ४ अर्बको बार्षिक कारोबार गरिरहेका छन् ।

भ्याक्सिन र दाना उत्पादन गर्दै कृषिजन्य उत्पादनमा ब्यवसाय बिस्तारगर्दै आएको निम्बस ग्रुपले पर्साको लिपनीबिर्तामा करिब १०० करोडको लागतमा व्यञ्जन ब्राण्डबाट तेलको उत्पादन गर्दै आएको छ ।

प्रबिधिमा ठुलो लगानी गरेको यस कम्पनीले छिट्टै धानको ढुटोबाट तेल निकाल्ने नयाँ उद्योगसमेत संचालनमा ल्याउने तयारी गरिरहेको छ ।

‘हामीले तेलको मौलिक गुणसँग कुनै सम्झौता गरेका छैनौं, विकसित मुलुकमा प्रयोग हुने प्रविधि र कच्चा पदार्थको प्रयोग गरी नेपालमै युरोपिएन स्ट्यान्डर्डको उच्च गुणस्तरीय तेल उत्पादन गरिरहेका छौं ।’ निम्बस ग्रुपका प्रबन्ध निर्देशक बगरीयाले भने ।

नेपालीहरुमा भिटामिन ए र डीको मात्रा निकै कम पाइएकाले त्यसको पुर्तीगर्न कम्पनीले ब्यन्जन तेल ल्याएको बताउँछन् कम्पनीका सेल्स एण्ड मार्केटिङ प्रमुख गोबिन्द ज्ञवाली ।

‘हाम्रो उत्पादन विश्व स्तरको छ, हामीले गुणस्तरमा कुनै सम्झौंता गरेका छैनौं । नेपालमा पनि उत्कृष्ट तेल उत्पादन हुन्छ भन्ने कुरा व्यञ्जनले देखाउँछ ।’ ज्ञवालीले भने ।

निम्बस ग्रुपका निर्देशक डा. दिनेश गौतम भन्छन् ‘व्यञ्जनका उत्पादन विश्वस्तरिय छ, हामी कुनैपनि विदेशी उत्पादनभन्दा कम छैनौं । बजार मुल्य, उत्पादन र प्रयोग गर्ने समयमा समेत हामी अब्बल छौ ।’

प्रबिधिमा ठुलो लगानी गरेको यस कम्पनीले छिट्टै धानको ढुटोबाट तेल निकाल्ने नयाँ उद्योगसमेत संचालनमा ल्याउने तयारी गरिरहेको छ । यो उद्योगले चालुआबबाटै उत्पादन सुरुगर्ने गरि तयारी गरिरहेको छ ।

कति छ उत्पादन क्षमता ?
उद्योगको भटमासको तेल दैनिक १०० मेट्रिक टन, सूर्यमुखि तेल ५० मेट्रिक टन र तोरीको तेल दैनिक ६० मेट्रिक टन उत्पादन गर्ने क्षमता रहेको छ ।

यदि पूर्ण क्षमतामा उद्योगले तेल उतपादन गर्ने हो भने तोरीको तेलमा १५ प्रतिशत र सूर्यमुखितेलमा २० प्रतिशत बजार हिस्सा ओगटन सक्ने छ ।

‘कोल्ड प्रेस प्रविधिको सहयोगमा आयात गरिएका तोरीको गेडालाई पेलेर तेल उत्पादन हुँदै आएको छ’, निर्देशक गौतमले भने । यसले व्यञ्जन तोरीको तेल उच्च गुणस्तरको भएको उनको दाबी थियो ।

तोरीको तेल प्याकिङमा पनि नेपालमै पहिलो पटक ल्यामिनेसन प्रविधिलाई प्रयोगमा ल्याइएको ले तेलको शुद्धता र स्वच्छतालाई लामो समयसम्म यथावत राख्ने उनको दाबी थियो ।

सूर्यमुखि तेललाई १ सय ९० र तोरीको तेललाई २ सय १० रुपैयाँमा उपभोक्ताले किन्न पाउने छन् ।

उद्योगले अर्जे्न्टिना, ब्राजिल, युक्रेन र भारतबाट कच्चा पदार्थ आयात गरी तीन थरीका तेल उत्पादन गर्दै आएको छ ।

कहाँ पाईन्छ ब्यन्जन तेल र मूल्य कति ?
अहिले उद्योगले सूर्यमुखि र तोरीको तेल एक र दुई लिटरको बोतल तथा एक लिटरको पाउँचमा देशभरका शहरहरुमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले छिट्टै ५ लिटरको व्यालेनमा समेत तेल बिक्री वितरण गर्ने जानकारी दिएको छ ।

सूर्यमुखि तेललाई १ सय ९० र तोरीको तेललाई २ सय १० रुपैयाँमा उपभोक्ताले किन्न पाउने छन् ।

कम्पनीले आफ्नो बजार बिस्तारलाई निकै द्रुतगतिमा अगाडी बढाएको कम्पनीले जानकारी दिएको छ ।

यस्तो छ तेल आयातको अबस्था
नेपालले बार्षिक ३ अर्ब भन्दा बढी रकमको तयारी खाने तेल आयात गर्दै आएको छ । आर्थिक बर्ष २०७३/७४ मा ३ अर्ब १३ करोडको खाने तेल तेस्रो मुलुकबाट आयात भएको थियो भने चालु आर्थिक बर्षको ५ महिनामा १ अर्ब ८५ करोड भन्दा बढि रकमको तेल आयात भइसकेको छ ।

चालु आबको ५ महिनामा १२ करोड रुपैयाँ भन्दा बढीको कोकनट र २ अर्ब २ करोड भन्दा बढीको पाम वेयल आयात गर्दै गरिसकेको छ ।

यो ५ महिनामा भट्टमासको कच्चा तेलको आयात ६ अर्ब ४८ करोड रुपयाँको भइसकेको छ । यसको वृद्धि बार्षिक ४० प्रतिशतले भइरहेको छ ।

तोरीको दाना १ अर्ब ४५ करोडभन्दा बढीको आयात भइरहेको छ ।


क्लिकमान्डु