बागमती सफाईमा कलेज सुन्दरीदेखि नेपाल टेलिकमसम्म (फोटो फिचर)



काठमाडौं । मिस इकलेजका प्रतियोगीहरु र नेपाल टेलिकमका कर्मचारीहरु २४७ औं हप्ताको बागमती सफाई अभियानमा सहभागी भएका छन् ।

नेपाल टेलिकमले आफ्नो १४औं वार्षिकोत्सवको अबसरमा बागमती सफाइ महाअभियानमा सहभागी भएको छ । सो अवसरमा कम्पनीले बागमती सफाइ महाअभियानमा प्रयोग हुने विभिन्न सामग्रीसमेत सम्बन्धित निकायलाई उपलब्ध गराएको छ ।

उक्त अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्र राज बस्नेतलाई बागमती सफाइ कार्यमा प्रयोग हुने विभिन्न सामग्रीहरु हस्तान्तरण गरेकी हुन् ।

यो सफाइ अभियानमा नियमित संलग्न हुने अभियन्ताहरुका लागि १ सय जोर ट्रयाक सुट, ३ सय जोर गमबुट, ३ सय जोर ठूलो पञ्जा, ५० वटा फलामे सुइरो, ५० वटा थुन्से र ५ सय वटा भन्दा बढी मास्क हस्तान्तरण गरिएको थियो ।

प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बागमतीका साथै नेपालका सम्पूर्ण नदीहरु सफा गर्नुपर्ने आवश्यकतामा जोड दिदै यस्ता कार्यमा कम्पनीले सधै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेकी थिइन् ।

त्यसैगरी मिस इकलेजका प्रतियोगीहरु समेत आजको बागमती सफाई कार्यक्रममा सहभागि भएका थिए । रासस र टेलिकमको सहयोगमा


क्लिकमान्डु