सेनाले करिब १९ सयलाई जागिर खोल्यो, पण्डितदेखि ड्राइभरसम्म माग



काठमाडौ । नेपाली सेनाले देशभर १ हजार ८५१ जनाका लागि रोजगारी अवसर प्रदान गर्ने भएको छ ।

सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले आज एक सूचना मार्फत सहायक पण्डित हुद्दा, अमल्दार, सैन्य, सैन्य ड्राइभर, सैन्य वाद्य वाधन तथा फलोवर्स पदका लागि नयाँ भर्ना आवेदन माग गरेको हो ।

भर्ना छनौट निर्देशनालय कार्यरथी विभागमा मात्रै ३८६ जनाका लागि आवेदन माग गरेको छ । तोकिएको स्थानमा गएर आवेदन दिन सकिने सेनाको सूचनामा उल्लेख गरिएको छ । कर्मकाण्ड गराउन सक्ने दश कक्षा पास गरेकाले सहायक पण्डितमा आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।

१० रुपैयाको टिकट टासी आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र सहित आवेदन दिन सकिने सेनाको सूचनामा उल्लेख छ ।


क्लिकमान्डु