नेपाल विल्डकन अन्तराष्ट्रिय एक्स्पो हुँदै



काठमाडौं । राजधानीको भृकुटीमण्डपमा चौथो नेपाल विल्डकन तथा नेपाल उड अन्तराष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्सको आयोजना तथा फ्यूचरेक्स ट्रेडफेयर तथा इभेन्ट्सको सहकार्यमा आयोजना हुन लागेको सो मेला यहि माघ २६ गतेदेखि २८ गतेसम्म आयोजना हुन लागेको हो ।

आर्किटेक्ट, विल्डर, इन्जिनियर, योजनाकारहरुको सहभागीता रहने सो प्रर्दशनीमा हेभी इक्विपमेन्टहरु, उड एण्ड उड मेटेरियल्स, प्री फ्याब स्ट्रक्चर, बाथरुम फिटिंगलगायतका सामाग्री तथा सेवाहरुको प्रदर्शनी हुने छ ।

मेलामा स्वदेशी तथा विदेशीगरि २ सय २० भन्दा बढिको सहभागीता रहने बताईएको छ ।

विल्ड नेपाल इन्भेष्ट इन डेभलपमेन्ट मुख्य नारा रहेको मेला यहि माघ २८ गते सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।


क्लिकमान्डु