बच्चामा पकेट मनिबाट गरेको लगानीले किशोर अवस्थामा पुग्दा अर्बपति



पकेट मनिबाट अर्बपति ! त्यो पनि ३ वर्षमा शिर्षक हेर्दा अचम्म लाग्दो नै हो ।

कतिपयलाई विश्वास नलाग्नपनि सक्छ । तर,अमेरिका एकजना किशोर पकेट मनिको पैसाबाट अर्बपति बनेका छन् ।

अमेरिकाको ओहायो राज्यका एडी जिलान ३ वर्षको अवधीमा अर्बपति बन्ने किशोर हुन् । उनले पकेट मनिको रुपमा १०० अमेरिकी डलरको लगानीबाट ३ वर्षको अवधीमा अर्बपति बन्न सफल भएका हुन् ।

१५ वर्षको उमेरमा क्रिप्टोकरेन्सी इथेरियममा लगानी गरेका थिए । १८ वर्षको उमेर पुगेपछि मात्र लगानी गर्न पाइने भएपनि उनले उमेर ढाटेर त्यसमा लगानी गरेका थिए ।

बिजनेश इन्साइडरमा प्रकाशित समाचार अनुसार जेडीले सबैभन्दा पहिला १०० डलर क्रिप्टोकरेन्सीमा लगानी गरेका थिए । त्यसको १ घण्टामा उनले १० डलर कमाए ।

अर्को दिन उनले १ हजार अमेरिकी डलर लगानी गरे । त्यसको एक हप्तापछि उनले ५ हजार डलर लगानी गरे । अर्को हप्ता ६ हजार डलर लगानी गरे । त्यो बेला क्रिप्टोकरेन्सी अहिलेजस्तो मंहगो थिएन ।

उनले क्रिप्टोकरेन्सीमा लगानी गर्ने समयमा सुझाव दिने कोहीपनि थिएन ।
उनले आफुले अनुसन्धान गरेर पकेट मनि तथा गिफ्टको रुपमा आएको पैसा लगानी गरेको बताएका छन् ।

बच्चामा पकेट मनिको रुपमा क्रिप्टोकरेन्सीमा लगानी गरेका एडी किशोर अवस्थामा पुग्दा अमेरिकामा मेलिनियर(करोडपति) भएका छन् । नेपाली रुपैयाँको उनको सम्पत्तीको मुल्यांकन गर्दा अर्बपति हुन्छ ।

उनीसँग १०  मिलियन  अमेरिकी डलरको सम्पत्ती छ । जुन नेपाली मुद्रामा परिवर्तन गर्दा १ अर्बभन्दा बढी हुन्छ ।

एडीले अहिले क्रिप्टोकरेन्सीको परामर्शदाताको रुपमा समेत काम गर्छन् ।

नेपालमा भने बिटक्वाइन सहित क्रिप्टोकरेन्सीमा लगानी गर्न पाइदैन । अहिले बिटक्वाइनको मुल्यपनि अत्याधिक घटेको छ ।


क्लिकमान्डु