चालीस प्रतिशत जनता विद्युत् पहुँच बाहिर- ऊर्जामन्त्री थापा



भीमदत्तनगर । उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा रहेको बताएका छन् ।

मिडिया नेपाल कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी पाँच वर्षभित्र हरेक घरमा विद्युत् सेवा पु¥याउने लक्ष्यअनुसार सरकारले काम अघि बढाएको जानकारी दिए।

आगामी १० वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको तयारी रहेको बताउँदै ऊर्जामन्त्री थापाले  प्रदेश नं ७ मा जलविद्युत्को अथाह सम्भावना रहेको जानकारी दिए ।

‘नौ महिनाभित्र अपर तामाकोशी जलविद्युत् आयोजना सम्पन्न हुँदैछ,’  उपप्रधानमन्त्री थापाले भने, “शनिबार उद्घाटन गरिएको चमेलिया जलविद्युत् आयोजना प्रदेश नं ७ मा अहिलेसम्मको ठूलो आयोजना हो ।’

निर्वाचनमा उम्मेदवार नउठाउनु गम्भीर गल्ती

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधान एवं ऊर्जामन्त्री थापाले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार खडा नगर्नु ठूलो गल्ती भएको बताए । “प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा हामीले पाँच क्षेत्रमा मात्रै उम्मेदवारी दियौँ ।

उनले भने, ‘उम्मेदवार नभएका कारण पनि समानुपातिकमा मत आएन ।’


क्लिकमान्डु