भ्यालेनटाइन कपल अफरः अन्जु पन्तको एकल गजल गायनदेखि बाइवान गेट वानसम्म




काठमाडौं । भ्यालेनटाइन डे (प्रेम दिवस) नजिकिँएसँगै काठमाडौं उपत्यकाका क्याफेहरुमा विभिन्न अफर तथा छुट दिन थालिएको छ । विशेष गरी भ्यालेनटाइन डेकै लागि भनेर क्याफेहरुले बाइवान गेटवान फ्रिदेखि विभिन्न कलाकारलाई बोलाएर गजल कार्यक्रम समेत गर्ने व्यवस्था मिलाएका छन् ।

बसन्तपुरको दोर्चेमा रहेको द पाइरेट रेस्टुरेन्टले भ्यालेनटाइन डेको लागि स्पेसल प्रोग्रामको अर्गनाइज गरेको छ । रेस्टुरेन्टका म्यानेजर निस्चल श्रेष्ठका अनुसार भ्यालेनटाइनको दिन विशेष गरी जोडीहरुका लागि लाइभ म्यूजिक, पेपर डान्स तथा गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ ।

कार्यक्रममा बेस्ट डान्स गर्ने कपलहरुलाई गिफ्ट ह्याम्परको व्यवस्था गरिएको श्रेष्ठले जानकारी दिए । भ्यालेनटाइन डेको दिन रेस्टुरेन्ट दिउसो १२ बजेदेखि सुरु हुने श्रेष्ठले बताए । दिउसो १२ बजे सुरु भएको कार्यक्रम बेलुका १० बजेसम्म सञ्चालन हुनेछ । यस्तै कार्यक्रममा जोसुकै कपलहरु पनि सहभागी हुन पाउने श्रेष्ठले बताए ।

बागबजारमा रहेको हेलो क्याफे तथा गजल बारले भ्यालनटाईन डेमा अन्जु पन्तको एकल गजल कार्यक्रम राख्न लागेको छ । बेलुका ७ बजेदेखि सुरु हुने गजल तथा सांगितिक कार्यक्रम राती १२ बजेसम्म चल्ने हेलो क्याफेका निर्देशक रुजेल गुरुङले बताए । गायिका अन्जु पन्तको यो दोस्रो सोलो कार्यक्रम हो । यसअघि अन्जु पन्तले एक स्थानमा मात्र यसरी सोलो पर्फमेन्स दिएकी छन् ।

सामान्यतः प्रतिव्यक्ति ३ सय रुपैयाँ टिकट दिने गरिएकोमा भ्यालेनटाइनको दिन जोडीहरुलाई ५ सय रुपैयाँमा २ वटा टिकेट दिने व्यवस्था भएको पनि गुरुङले जानकारी दिए ।

यस्तै भ्यालेनटाइनकै अफरका रुपमा स्न्याक्स कम्प्लिमेन्ट, बियर तथा कक्टेल पनि फ्रि उपलब्ध गराइन लागेको गुरुङको भनाइ छ ।

दरवारमार्गस्थित द बेकरी क्याफेले भ्यालेनटाइन डेको दिन हर्ट पिज्जा किन्दा रोज २ वटा मःम फ्रि दिने भएको छ । ४ सय ५० रुपैयाँ पर्ने हर्ट पिज्जा किन्दा रोज मःम बाहेक सोमरसबी २ बोतल फ्रि पनि दिने व्यवस्था रहेको क्याफेका बिजय अर्यालले जानकारी दिए ।

यस्तै दरवारमार्गको हिमालयन जाभा क्याफेमा भ्यालेनटाइन डेको लागि बाइवान गेटवान फ्रिको व्यवस्था गरिएको छ । भ्यालेनटाइनमा आउने कपलहरुको लागि २ सय १० रुपैयाँ मूल्य रहेको हनी ल्याटे कफिमा बाइवान गेटवान फ्रिको व्यवस्था राखिएको क्याफेका बिपिन थापाले जानकारी दिए ।

यस बाहेक क्याफेमा भ्यालेनटाइन स्पेसल लव पर्सन र स्टोबेरी ल्याटे कफी खान पाउने व्यवस्था पनि रहेको छ । भ्यालेनटाइन जोडीहरुको लागि भनी साथै रेड भ्यालभेट केक पनि विक्रीका लागि राखिने थापाले जानकारी दिए ।

क्याफेमा लव पर्सन कफिको मूल्य २ सय १०, स्टोबरेरी ल्याटेको मूल्य १ सय ८० र रेड भ्यलभेट केकको मूल्य १ सय ५० रहेको छ ।

क्याफेले योबाहेक लकी ड्र गर्ने व्यवस्था पनि राख्न लागेको थापाको भनाइ छ । लकी ड्रमार्फत २ जनालाई ट्राभल मग दिइने व्यवस्था गर्न लागेको थापा बताउछन् ।


क्लिकमान्डु