अब १ रुपैयाँमा नै सामसंग जे सेभेन म्याक्स स्मार्टफोन किन्न पाईने



काठमाडौं। सुन्धाराको सिटिसी मलको चौथो तल्लामा रहेको ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि किस्ताबन्दीमा विभिन्न ब्राण्डका मोबाइल दिने योजना ल्याएको छ ।

कम्पनीले हाल नेपाली बजारमा लोकप्रिय र सर्बाधिक बिक्री भईरहेको सामसंग ब्राण्डको जे सेभेन म्याक्स स्मार्टफोन मासिक किस्ताबन्दीमा दिने भएको छ । कम्पनीले सामसंग जे सेभेन म्याक्स स्मार्टफोन रु. १ रुपैयाँ तिरेपछि मासिक किस्ताबन्दीमा उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो ।

सो अफरअन्तरगत अधिकतम बजार मूल्य २८ हजार २९० रुपैयाँ तोकिएको सामसंग जे सेभेन म्याक्स स्मार्टफोन ग्राहकहरुले १ रुपैयाँ मात्रै बुझाएर नै घर लैजान सक्नेछन् । सो स्मार्टफोनको बाँकी मूल्य सरल किस्ताबन्दीमा तिर्ने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

ईजी मोबाइल केयरका अध्यक्ष संजित पौडेलले अझैपनि बजारमा ग्राहकहरुले चाहे अनुसारको मोबाइल किन्न र सेवा सुविधा नपाएको हुँदा ग्राहकहरुलाई मासिक किस्ताबन्दीमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएको बताए ।

कम्पनीले बिक्री गर्ने कुनैपनि ब्राण्ड र मोडलका मोबाइल सेटहरुमा थप १ वर्षको वारेन्टि दिने गरेको छ । अन्य कम्पनीबाट मोबाइल किन्दा १ वर्षको मात्र वारेन्टी हुने गरेकामा ईजी मोबाइल केयर प्रा.लि.बाट खरिद गरेको मोबाइलमा थप १ वर्षको वारेन्टी पाईने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु