ग्लोबल आइएमई बैंकको ६९औँ शाखारहित बैंकिङ सेवा रोल्पामा



काठमाडौं । ग्लोबल आइएमई बैंकले सोमबारदेखि रोल्पा जिल्लाको माडी गाउँपालिका २, घर्तीगाँउमा ६९औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । माडी गाउँपालिका २, घर्तीगाँउमा खोलिएको शाखाको उद्घाटन मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले गरेका छन् ।

सो स्थानमा खोलिएको सेवाको लागि स्थानिय कमल घर्ती मगरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११५ वटा शाखा, १२७ एटीएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६९ शाखा रहित बैंकिङ सेवा माफर्त सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु