प्राइम कमर्सियल बैंकको ५६औं शाखा मकवानपुरको भिमफेदीमा



काठमाडौं । प्राइम कमर्सियल बैंकले मकवानपुरको भिमफेदी गाँउपालिकामा ५६औं शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन बैंकको संचालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठले गरेका छन् ।

यसै क्रमलाई निरन्तरता दिंदै आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै सेवा दिन अग्रसर रहेको बैंकले प्रतिवद्धता व्यक्त गरेको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जनाएको छ ।


क्लिकमान्डु