सिटिजन्सद्धारा बेबीलाईफ होमलाई डेढ लाख रुपैयाँ सहयोग



काठमाडौं । सिटिजन्स बैंकले एचआईभी संक्रमित बालबालिकाका लागि काम गर्दै आएको बेबीलाईफ होमलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकको ११ औं बार्षिक उत्सवको उपलक्ष्यमा सो सहयोग गरेको हो ।

एक कार्याक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बेबीलाईफ होम संस्थाका संचालक राजकुमार पुनलाई १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

बेबीलाईफ होममा रहेका २३ जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा सो रकम खर्च गर्ने पुनले जानकारी दिए ।


क्लिकमान्डु