सिजीले ल्यायो नौलो किसिमको स्ट्यान्डीङ्ग चेस्ट फ्रिजर



काठमाडौं । सिजी ब्राण्डले नौलो र आकर्षक स्वरुप भएको स्ट्यान्डीङ्ग चेस्ट फ्रिजर बजारमा ल्याएको छ । सो फ्रिजर २ सय ७० लिटर क्षमतामा उपलब्ध छ ।

अन्य चेस्ट फ्रिजरहरुमा जस्तै–१८ डिग्री सेल्सियस सम्मको चिसोको प्रयोग गरि खाने कुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने छ । यो हेर्दा रेफ्रिजेरेटर जस्तै देखिने भएकोले यसका लागि धेरै ठाउँ बनाउन नपर्ने कम्पनीको दाबी छ ।

यस भित्र धेरै भन्दा धेरै कन्डेस्नर युक्त खण्डहरु रहेका छन् । जसको कारण यसले पर्याप्त रुपमा चिसो बनाई चिसोपनको राम्रो अनुभुति दिन्छ ।

बिशेषगरि यो अस्पताल, औषधीपसल र डेरी पसलहरुको लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । फ्रिजरमा ३६ महिनाको वारेण्टी रहेको सिजीका प्रोडक्ट प्यालिङ्ग म्यानेजर रितेश चौधरील जानकारी दिए ।

यसको साथसाथै सिजीले साधारण चेस्ट फ्रिजरहरु बिभिन्न मोडलहरु पनि बजारमा उपलब्ध गराएको छ ।


क्लिकमान्डु