माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजना निर्माण गर्न ठेक्का सम्झौता



काठमाडौं । नुवाकोट जिल्लास्थित ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना निर्माण गर्न ठेक्का सम्झौता भएको छ । चीनको सिचुवान एन्हे हाइड्रोलिक एन्ड हाइड्रो इलेक्ट्रिक कम्पनीसँग सोमबार सम्झौता भएको हो ।

इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्सट्रक्सन (इपिसी) प्रणाली अनुसार ३ वर्षभित्र निर्माण पूरा गर्ने गरी सम्झौता भएको हो । सम्झौतामा त्रिशूली जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतम र चिनियाँ कम्पनीका तर्फबाट काओ सेङपिङले हस्ताक्षर गरे ।

इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्सट्रक्सन ९इपिसी० प्रणाली अनुसार ३ वर्षभित्र निर्माण पूरा गर्ने गरी सम्झौता भयो ।

कम्पनीले आयोजनाको प्रसारण लाइनबाहेक सिभिल, इलेक्ट्रो तथा हाइड्रो मेकानिकल निर्माण, मेसिनरी आपूर्ति र जडानको काम गर्नेछ ।चिनियाँ कम्पनीसँग १ अर्ब ९१ करोड ४६ लाख १९ हजार ४ सय ७२ रुपैयाँमा पूरा गर्ने गरी सम्झौता भएको छ ।

आयोजना माथिल्लो ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ को क्यासकेडको रूपमा निर्माण हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणसँग गत भदौ ६ गते आयोजनाको विद्युत् खरिद सम्झौता भएको थियो ।


क्लिकमान्डु