सिभिल बैंक र मेटलाइफ बीच बैंकासुरेन्स सम्झौता



काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले मेटलाइफसंग बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र मेटलाइफका तर्फबाट महा–प्रबन्धक निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पछि बैंकले मेटलाइफको विविध जीवन वीमा योजनाहरु आफ्ना ग्राहकलाई बिक्री गर्ने छ । जसबाट ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका सिइओ गुरुङले बताए । साथै बैंकले यस अघि निर्जीवन वीमा सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ ।


क्लिकमान्डु