इलेक्ट्रिक र हाईब्रिड कारले भरिएको ‘अटो एक्स्पो २०१८’



नयाँ दिल्ली । फेब्रुवरी ७ देखि भारतमा सुरुभएको अटो एक्स्पो २०१८ को प्रमुख आर्कषणका रुपमा बिद्युतिय कार तथा हाइब्रिड कार रहेको छ ।

उत्तरप्रदेशको ग्रेटर नोएडामा चलिरहेको मोटर एक्स्पोमा संसारका ठुला कार निर्माता कम्पनीहरुले सहभागिता जनाइरहेका छन् ।

२० भन्दा बढि कार निर्माता कम्पनीले भाग लिएको सो प्रर्दशनीमा प्रायः सबै कम्पनीले हाईब्रिड र इलेक्ट्रिक कारको कन्सेप्ट सार्वजनिक गरेका छन् ।

भारतीय गाडी निर्माता कम्पनी टाटा मोर्टसले ‘स्मार्ट मोबिलिटी–स्मार्ट सिटी’ थिममा आफ्ना सवारी साधन प्रर्दशनीमा उतारेको थियो । टाटाले ५ इलेक्ट्रिक कार र १ इलेक्ट्रिक बस प्रर्दशनीमा राखेको छ ।

 

मारुती सुजुकी कारले पनि आफ्नो आगामी इलेक्ट्रिक कारको कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले एसयुभी कन्सेप्टमा इलेक्ट्रिक कार ल्याउन सक्ने देखाएको छ। उसले हाईब्रिड र इलेक्ट्रिक दुबै कारलाई प्राथमिकतामा राखेको देखिन्छ ।

‘क्लिन, कनेक्टेड एण्ड कन्बीनियन्ट’ थिमसहित महिन्द्राले आफ्ना भबिष्यमा आउने कारहरुको कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले एटम नामक सहरी क्षेत्रलाई उपयूक्त हुने बिद्युतिय कार सार्वजनिक गरेको छ भने एक बस र ३ नयाँ कारको कन्सेप्ट पनि सार्वजनि गरेको छ । महिन्द्रले केयुभी ३०० को इलेक्ट्रिक भर्सन समेत सार्वजनिक गरेको छ ।

होण्डाले आफ्नो हाईब्रिड कार ‘क्यारिटी’ प्रर्दशनिमा राखेको छ । टोयोटाले ‘पियोस’ हाइब्रिड कार र अन्य ७ मोडलका इलेक्ट्रिक कारहरुको कन्सेप्ट सार्वजनिक गरेको छ । विश्वकै ठुलो बिद्युतिय कार निर्माता बन्ने होडमा रहेको कियाले सन् २०२५ सम्ममा २५ नयाँ मोडलका कार उत्पादन गर्ने लक्ष्यलाई सो एक्स्पोमा सार्वजनिक गरेको छ ।

हुण्डाई र रेनोले समेत इलेक्ट्रिक भेइकलको कन्सेप्ट सार्वजनिक गरेका छन् ।

मर्सिडिज, बिएमडब्लुजस्ता ब्राण्डले समेत हाईब्रिड र इलेक्ट्रिक कारहरुलाई प्राथमिकतामा राख्दै आफ्ना आगामी उत्पादनको कन्सेप्ट सार्वजनिक गरेका छन् । एक्स्पो फेब्रुवरी १४ बुधबारसम्म संचालन हुनेछ ।


क्लिकमान्डु