अब तरकारी बजार प्रादेशीक संरचनामा




काठमाडौं । कृषि मन्त्रालयका सह–सचिव काशीराज दाहालले तरकारी बजारलाई प्रादेशीक संरचनामा लगिने बताएका छन् । प्रत्यक प्रदेशमा सुविधा सम्पन्न तरकारी बजारको आवश्यक रहेको भन्दै उनले सो बताएका हुन् ।

उनले प्रादेशीक रुपमा झापा, विराटनगर, धनुसा र बुटवललगायतका स्थानहरुमा अत्याधुनिक स्तरको तरकारी बजार स्थापना गर्न लागेको बताए ।

‘अब चाडै नै प्रादेशीक रुपमा तरकारी बजारलाई विस्तार गर्ने छौँ, यसबाट उपत्यका बाहिरबाट आउने तरकारीको मूल्य निधारणमा पनि निकै सहयोग पुग्ने छ,’कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २४औँ वार्षिकोत्सव दाहालले भने ।

यसका लागि सम्पूण कार्य अघि बढाइ सकेको र चैत १७ भित्र आश्यक काम पुरा हुने पनि दाहालले जानकारी दिए ।

अर्थतन्त्रको ३३ प्रतिशत हिस्सा कृषि क्षेत्रले धानिरहेको हुनाले अब कृषि क्षेत्रलाई आधृनिकरण गर्ने कुरामा पनि उनको जोड थियो । कृषकभन्दा विचैलिया मोटाउने प्रवित्तिको अन्त्य गर्नका लागि तरकारी पकेट क्षेत्र बनाउने कार्यलाई पनि चाडै सम्पन्न गरिने उनले बताए ।

कार्यक्रममा मेगा बैंकले कालिमाटी बजारलाई ३ वटा ५५ इन्चको एलईडी सटभी सहयोग स्वरुप प्रदान गरेको छ । उक्त टिभीलाई बजारको मुल्य सुची तथा जानकारी दिनको निम्ती प्रयोग गरिने दाहालले बताए ।

कार्यक्रममा उत्कृष्ट कृषक, व्यवसायी तथा कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।


क्लिकमान्डु