कुलप्याडले भित्रायो गेमिङ फोन




काठमाडौं । कुलप्याडले कुलप्ले ६ भन्ने नयाँ गेमिङ फोन नेपाली बजारमा भित्र्याएको छ । कुलप्ले ६ मा ६ जीबी र्याम भएकाले मोबाइलमा गेम खेल्दा मोबाइलमा कुनै समस्या नआउँने कम्पनीको दाबी छ ।

फोनमा १.४ जीई एचजीओक्टाकोर क्वालकोम स्नैपड्रगन ६५३ प्रोसेसर वीथ ऐनीड्रनो ५१० जीपी यु छ । साथै ४००० एमएएच व्याट्रि व्याकप छ । कुलप्ले ६, ५.५ इन्च आई पी यस फुलएचडि डिसप्ले भएको फोन हो । यसको १३+१३ मेगाफिक्सलको क्यामरा छ । कुलप्ले ६ ऐन्ड्रोइिड नौगाट ७.१.१ अपरेटिङ्ग सिस्टम लिएर बजारमा आएको कम्पनीले जानकारी दिएकोछ ।

कुलप्याडले ऐन्ड्रोयिड ओरियो ८.० को अपडेट पनि चाँडै आउने बताएको कम्पनीले जनाएको छ । कुलप्याड कुलप्ले ६ ल्याक र गोल्ड कलरमा उपलब्ध छ ।


क्लिकमान्डु