कालिमाटीको खुद्रा पसलमा स्टलपिच्छे नै किन हुन्छ तरकारीको मूल्य फरक ?




काठमाडौं । पछिल्लो समय कालिमाटी बजारमा तरकारीको मूल्य निधारीकरण गर्ने कुरा चलिररहेको छ । यसै क्रममा कालिमाटी बजारका थोक तथा खुद्र बजारहरुमा भने तरकारीहरु फरक फरक मूल्यमा विक्री भइरहेका छ ।

कालिमाटी ख्द्रा बजारमा रहेको २१ नम्बर स्टलमा गोलभेडा ४० देखि ६० रुपैयाँ प्रतिकेजीको दरमा विक्री भैरहेको छ । ३२ नम्बर स्टलमा भने त्यही गोलभेडा ३० देखि ५० रुपैयाँमा विक्री भैरहेको पाइयो ।

२० वर्षदेखि कालिमाटी बजारको २७ नम्बर स्टलमा तरकारी विक्री गर्दै आएका जफुल मिया त्यही गोलभेडा ३५ देखि ५० रुपैयाँसम्ममा विक्री गर्दै आएका छन् । खुद्रा बजारमा नै रहेको १४ नम्बर स्टलकी पवित्रा अधिकारी भने त्यही गोलभेडा ३० रुपैयाँमा विक्री गरिरहेकी छन् ।

४२ नम्बर स्टलका गुण्डु भने गोलभेडा ३० देखि ५० रुपैयाँसम्ममा विक्री गर्दै आएका छन् । ४४ र ३७ नम्बर स्टलका व्यापारी त्यही गोलभेडा ३० देखि ४० रुपैयाँसम्ममा विक्री गर्ने गर्छन् ।

पसल नम्बर ६ का व्यवसायी केदार बस्नेत प्रतिकेजी २० देखि ३० रुपैयाँमा गोलभेडा व्यापार गर्ने गरेको बताउँछन् ।

यसरी बजारमा गोलभेडामा मात्र हैन्, अन्य तरकारीको मूल्यमा पनि यस्तै फरक पाइन्छ ।

लसुनको मूल्य स्टल नम्बर ११ र २७ मा प्रतिकेजी २ सय रुपैयाँ छ भने स्टल नम्बर १७, ४२ , ४९ र ४७ मा प्रतिकेजी १ सय ८० रुपैयाँमा विक्री भैरहेको छ । खुद्रा बजारको ५६ नम्बर पसलमा भने लसुनको मूल्य प्रतिकेजी १ सय ९० रुपैयाँ रहेको पाइयो । ५ नम्बर स्टल भएका केदार बस्नेतले लसुन प्रतिकेजी १ सय २० रुपैयाँमा विक्री गरिरहेको बताए ।

आलुको मूल्य पनि फरक छ । १७ नम्बर स्टलमा आलु प्रतिकेजी २८ देखि ३० रुपैयाँसम्ममा विक्री भैरहेको व्यवसायी अच्यूत प्रसाद चापागाइले बताए ।

यस्तै स्टल नम्बर १४ की पवित्रा अधिकारी ६३ देखि ६५ रुपैयाँ प्रतिकेजीमा आलु विक्री गरिरहेकी छन् । ५४ नम्बर स्टलका व्यवसायी सुजन ढकालले भने आफुले २० रुपैयाँ प्रतिकेजी आलु विक्री गरिरहेको बताए ।

५६ नम्बर स्टलका व्यवसायी राजा शाहीले भने आलु २८ देखि ३२ रुपैयाँ प्रतिकेजीसम्ममा विक्री गरिरहेका छन् । ६ नम्बर स्टलमा पनि आलु प्रतिकेजी २८ देखि ३० रुपैयाँमा विक्री भैरहेको पाइयो ।

कालिमाटीको खुद्रा बजारका २१ र ३२ नम्बर स्टलमा काउली ६० रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको छ । स्टल नम्बर १४ र ४२ मा भने त्यही काउली ४० रुपैयाँ प्रतिकेजी विक्री भैरहेको पाइयो । स्टल नम्बर ४४ मा भने काउली ५० देखि ६० रुपैयाँसम्म विक्री गरिरहेको व्यवसायी अर्पना श्रेष्ठले जानकारी दिइन् । ३७ नम्बर स्टलमा भने काउली ६० रुपैयाँ प्रतिकेजी विक्री भैरहेको पाइयो । ६ नम्बर स्टलमा काउली ५० रुपैयाँ प्रतिकेजी विक्री भैरहेको छ ।

स्टल नम्बर २१, ५४ र ४२ मा अदुवा ६० रुपैयाँ प्रतिकेजीमा विक्री भैरहेको छ । २७, ११, १४, ४४, ४९, ५६ र ४७ नम्बरका स्टलमा भने अदुवा ८० रुपैयाँ प्रतिकेजी विक्री भैरहेको पाइयो । स्टल नम्बर ६ मा अदुवा ७० रुपैयाँ प्रतिकेजीमा विक्री भैरहेको छ । स्टल नम्बर १७ मा भने अदुवा ५० रुपैयाँ प्रतिकेजीको दरमा विक्री भैरहेको छ ।

स्टल नम्बर ३२ र ६ मा स्कुस ५० रुपैयाँ प्रतिकेजीमा विक्री भैरहेको छ । २१ नम्बर स्टलमा भने स्कुस प्रतिकेजी ६० रुपैयामा विक्री भैरहेको पाइयो । स्टल नम्बर १४ की ब्यवसायी पवित्रा अधिकारीले स्कुस प्रतिकेजी ७० रुपैयाँमा विक्री गरिरहेको बताइन् ।

३२ नम्बर स्टलका व्यवसायी हरियो खुर्सानी प्रतिकेजी १ सय १० देखि १ सय २० रुपैयाँसम्मा विक्री गरिरहेका छन् । २७ नम्बर स्टलका व्यवसायी जफुल मियाले आफुले खुर्सानी प्रतिकेजी १ सय १० रुपैयाँमा विक्री गरिरहेको बताए ।

१४ नम्बर स्टलका व्यवसायीले भने हरियो खुर्सानी प्रतिकेजी १ सय ४० रुपैयाँमा विक्री गरिरहेका छन् । ४२ र ३७ नम्बर स्टलका व्यवसायीले खुर्सानी प्रतिकेजी ८० रुपैयाँमा विक्री गरिरहेको बताए ।

स्टल नम्बर ४४ का व्यवसायीले खुर्सानी प्रतिकेजी १ सय २० रुपैयाँमा विक्री गरेको बताए । स्टल नम्बर ६ का व्यवसायीले खुर्सानी प्रतिकेजी १ सय रुपैयाँमा बेचेको बताए ।

प्याज स्टल नम्बर २१, ४४, ४७, ४९, ११ र १४ का व्यवसायीहरुले ७० रुपैयाँ प्रतिकेजीको दरमा विक्री गरिरहेका छन् । स्टल नम्बर २०, ६ र ४२ का व्यवसायीले प्याज ६० रुपैयाँ प्रतिकेजी विक्री गरिरहेका छन् । १७ नम्बर स्टलका व्यवसायीले भने प्याज ५५ देखि ६० रुपैयाँ प्रतिकेजीले विक्री गरिरहेको बताए । स्टल नम्बर ५४ का व्यवसायी सुजन ढकालले भने आफुले प्याज प्रतिकेजी ५० रुपैयाँमा विक्री गरिरहेको बताए । ५६ नम्बर स्टलका व्यवसायीले प्याज प्रतिकेजी ६५ रुपैयाँमा विक्री गरिरहेका छन् ।

बन्दाको मूल्य स्टल नम्बर २१, ३२, २७, ४२, ३७ र ६ मा ४० रुपैयाँ प्रतिकेजी रहेको पाइयो । यस्तै १४ नम्बर स्टलमा भने बन्दा प्रतिकेजी ५० रुपैयाँमा विक्री भैरहेको छ । ४४ नम्बर स्टलमा भने बन्दा ४० देखि ५० रुपैयाँमा विक्री भैरहेको व्यवसायीले बताए ।

कालिमाटीको खुद्रा बजारमा रहेका २१ नम्बर स्टलमा भिण्डी १ सय ४० रुपैयाँ प्रतिकेजी विक्री भैरहेको छ । ३२ र ४४ नम्बर स्टलमा भिण्डी १ सय ४० देखि १ सय ५० रुपैयाँ प्रतिकेजीमा विक्री भैरहेको छ । २७ र ४२ नम्बर स्टलमा भिण्डी १ सय २० रुपैयाँ प्रतिकेजीमा विक्री भैरहेको पाइयो । १४ र ३७ नम्बर स्टलमा १ सय ५० रुपैयाँ प्रतिकेजीको दरमा भिण्डी विक्रीमा छ । ६ नम्बर स्टलमा भिण्डी १ सय ३० रुपैयाँ प्रतिकेजीमा विक्री भैरहेको छ ।

यसरी कालीमाटी बजार भित्रका खुद्रा पसलमा नै स्टल अनुसार तरकारीको मूल्य फरक फरक आउन थाले पछि मूल्य निर्धारण गर्ने कुरा अघि बढेको हो ।

मूल्य निर्धारणको सन्दर्भमा व्यवसाय प्रवद्र्धन बजारमा कुरा राखिएको कृषि विकास मन्त्रालयका सहसचिव काशीराज दाहालले बताए । कतिपय अवस्थामा उत्पादकले एउटा निश्चित मूल्यमा विक्री गरिरहेको हुने भए पनि ढुवानी तथा त्यसको गुणस्तरका कारण बजारमै पाइने एउटै सामानको मूल्य फरक पर्न जाने गरेको दाहालको भनाइ छ ।

मूल्य निधारणमा गर्ने आधार माग र आपूर्तिले निर्धारण गर्ने दाहालको भनाइ छ । तर, करिब एउटै स्थानबाट आउने करिब उस्तै गुणस्तरको तरकारीको मूल्य स्टल अनुसार फरक पर्नुलाई दाहालले दाबी गरे अनुसारको आधार नहुन सक्छ ।

बजार मूल्यको कुरामा उपभोक्ता पनि सचेत हुनु पर्ने र गलत हिसाबमा व्यापार गर्नेहरुलाई सजायको भागिदार बनाइने उनले बताए ।

‘तरकारीमा मूल्यसुची राख्न गाह्रै पर्छ, तरकारी बिहान ल्याएको बेलुकासम्म विक्री भएन भने नष्ट गर्नुपर्ने हुन्छ, त्यसकारण एमआरपी राख्न सम्भव हुन्न, एमआरपी राखियो भने बजार अनुगमनका कुरा प्रभावकारी बनाउनु पर्ने हुन्छ’ दाहालले क्लिकमाण्डूसँग भने ।

उनले थपे ‘म भखरै जाकार्ताको एग्रिकल्चर भिजिटमा गएर आएको हूँ, त्यहाँ पनि एमआरपी सिस्टम लागू गरिएको पाइएन, उनीहरुले सबै किसानहरुबाट तरकारी संकलन गरी ल्याउने र त्यसलाई प्याकिङ गरी ग्रेडिङ सिस्टमले विक्री गर्ने गरेका छन्, त्यो सिस्टम नेपालमा पनि लागू हुन किसानबाट सरकारले तरकारी किन्ने र त्यसलाई विक्रेतामा पुर्याउन सकियो भने यो समस्या अलि कम होला, यस्तै नकुहिने सामानहरुमा एमआरपी राखेर अघि बढ्न पनि रकिन्छ,’ सहसचिब दाहाल भन्छन् ।

कालिमाटी फलफूल तथा तरकारी बजार सरकारले उपलब्ध गराएको बजार हो । यहाँ ६६ वटा खुद्रा पसल छन् । स्टल भाडा प्रतिमहिना ३ हजारदेखि ५ हजार रुपैयाँ छ । सरकारले उपलब्ध गराएको ठाउँमा सस्तो भाडा बसेका बिक्रेताले नै यस्तो बद्मासी गरेपछि निजी सटरमा पसल गर्ने खुद्रा बिक्रेताले उपभोक्ताको ढाड सेक्ने नै भए ।


क्लिकमान्डु