सेञ्चुरी बैंकको आर्थिक सहयोग ‘नहुदा’लाई



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नेपाल प्राकृतिक तथा मानव श्रोत विकास संघ (नहुदा) द्धारा संचालन ‘सुरक्षित, स्वस्थकर तथा पुन प्रयोग हुने घरेलु सेनेटरी प्याडको तयारी र उपयोग’ सम्बन्धी दुई दिने तालिममा ५० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित सो तालिम महालक्ष्मी नगरपालिका, सिद्दिपुर, शान्ति मुल टोलमा २०७४ माघ २९ गते देखि २०७४ फागुन १ गते सम्म भएको थियो ।

सो तालिममा उपस्थित महिलाहरुले महिला स्वास्थबारे जानकारीहरु हासिल गरेका थिए । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा नहुदाका संस्थापक अध्यक्ष डा. दिनेशराज शर्मा बीच चेक हस्तान्तरण कार्यक्रम भएको थियो ।

काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ९४ वटा शाखा, ३८ वटा ए.टी.एम, १४ वटा शाखारहित बैंकिङ्ग र ६ वटा एक्सटेन्सन् काउन्टरबाट बैकिङ्ग सेवा दिदै आएको छ ।


क्लिकमान्डु