क्यानडालाई हराउँदै नेपाल विश्वकप छनाेट खेलमा




काठमाडौं । नेपालले क्यानडालाई एक बिकेटले हराउँदै विश्वकप छनाेट खेलमा अाफुलाई उभ्याएको छ ।

१९५ रनको लक्ष्य पक्ष्याएको नेपालले अन्तिम बलमा १ विकेटले बिजय पाएको हो ।

१९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो ।

तर, करण केसीले सन्दिप लामिछानेसँग आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए । अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए ।

३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्को मदतमा नटआउट ४२ रन बनाए ।


क्लिकमान्डु