केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएसँगै सेयर बजारमा उत्साह, सबै सुचक हरियो



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएको केही समय पछि नै राष्ट्रपतिबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियूक्त भएका छन् ।

पुरानो सरकारको बर्हिगमन र नयाँ सरकारको आगमनको खुसीयाली सेयर बजारमा देखिएको छ ।

निरन्तर ओरालो लागेको सेयर बजार हिजो प्रधानमनत्रीले राजीनामा दिने कुरा बाहीर आएसँगै केही बढेको थियो । आज प्रधानमन्त्रीको राजीनामा र नयाँ प्रधानमनत्रीको नियुक्तिसँगै सेयर बजार यो समाचार तयार पार्दासम्म करिब १५ अंकले वृद्धि भएको छ ।

कारोबार रकमसमेत बढ्ने क्रममा रहेको अहिलेसम्म करिब १८ करोड ५० लाखको कारोबार भएको छ । आज सबै उपसुचकहरुमा वृद्धि भएको छ ।


क्लिकमान्डु