नेपाल टेलिकमको सिबिए र सञ्चालक सदस्य निर्वाचनमा गठबन्धन विजयी



काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेपाल दूरसञ्चार कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमको संयुक्त गठबन्धनले जित हासिल गरेको छ ।

यही माघ २९ गते एकै समयमा सम्पन्न भएको आधिकारिक ट्रेड युनियनको निर्वाचन र कर्मचारी प्रतिनिधि सञ्चालकको निर्वाचनमा संयुक्त गठबन्धनको तर्पmबाट नेपाल दूरसञ्चार कर्मचारी संघको लोगो र कर्मचारी प्रतिनिधि सञ्चालकमा साझा उम्मेदवार राज बहादुर रावलको विजय भएको हो ।

संयुक्त गठबन्धन अन्तर्गत नेपाल दूरसञ्चार कर्मचारी संघको केन्द्रीय अध्यक्षमा राज बहादुर रावल छन् भने नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमको केन्द्रीय अध्यक्ष दामोदर के.सी.छन् ।

सिबिए निर्वाचन श्रम ऐन अनुसार दुई वर्षका लागि व्यवस्थापनसँग सामूहिक सौदाबाजी गर्नका लागि चुनिने आधिकारिक कमिटी हो ।

त्यसैगरी कर्मचारी प्रतिनिधि सञ्चालक पनि सञ्चालक समितिमा दुई वर्षका लागि सम्पूर्ण कर्मचारीहरु मध्येबाट चुनिएको व्यक्ति हुन पाउने प्रावधान रहेको छ ।


क्लिकमान्डु