ओपो एफफाइभको ‘ड्यासिङ ब्ल्यू लिमिटेड एडिशन’ सार्वजनिक



काठमाडौं। ओपोले नेपाली उपभोक्ताका लागि ओपो एफफाइभको ‘ड्यासिङ ब्ल्यू लिमिटेड एडिशन’ सार्वजनिक गरेको छ ।

लिमिटेड एडिशनका रुपमा ३६ हजार ४ सय ९० रुपैयाँ मूल्य निर्धारण गरिएको नयाँ फोन कम्पनीको नेपालभर रहेका अफलाइन विक्रि केन्द्रमार्फत उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ ।

‘हाम्रा उपभोक्तालाई उपहार प्रदान गर्न केही विशेष उपलब्ध गराउने सोचका साथ प्रेमको पवित्रताको प्रतिकका रुपमा लिइने नीलो रंगमा ओपो एफफाइभको ड्याशिङ ब्ल्यू एडिशन सार्वजनिक गरेका छौँ । नयाँ उत्पादनले हाम्रा उपभोक्ताको मागलाई केही हद सम्म भएपनि सम्बोधन गर्ने र तिनले यसलाई विगतमा झैँ रुचाउने हामीले आशा लिएका छौँ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने ।

आकर्षक नीलो रंगमा सार्वजनिक यो फोनले एफफाइभको लोकप्रियतालाई थप उचाईँ प्रदान गर्ने कम्पनीको विश्वास छ ।


क्लिकमान्डु