वीपी कोइराला मेमोरियलले माग्यो १३१ जना कर्मचारी



काठमाडौं । वीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालले बिभिन्न पदमा १३१ जना कर्मचारी आबेदन गरेको छ ।

अस्पतालले ४ औं तहदेखि ९ औं तहसम्मका कर्मचारी माग गरेको हो । ९ औ तहको लागी बिभिन्न समूहका चिकित्सकहरु २० जना माग गरिएको छ ।

त्यसैगरी ८ औं तहको मेडिकल एलाइड हेल्प समूहमा २ जानको माग गरिएको छ । ७ औं तहको लागी २२ जान माग गरिएको छ । जस्मा मेडिकल, नसिङ्ग, हस्पीटल इन्जिनियरिङ, प्रशासन उप समूह रहेका छन् ।

क्लिनिकल, फार्मेसी, ल्याब टेक्निसियन जस्ता पोष्टमा ५ औं तहमा ८१ जनाको लागि आबेदन माग गरिएको छ । ४औं तहको लागि बायोमेडिकल र जनरलमेन्टिनेन्स तर्फ ६ जनाको लागि आबेदन खुल्ला भएको अस्पतालले आज गोरखापत्रमा प्रकाशन गरेको सुचनामा उल्लेख गरिएको छ ।

१८ बर्ष पुराभई ३५ बर्ष ननाघेका योग्यता पुगेका व्यक्तिले फागुन २५ गतेसम्म आबेदन दिन सक्ने छन् । साथै फागुन २६ गतेदेखि चैत २ गतेसम्म दोब्बर दस्तुर तिरेर आबेदन दिन सकिने छ ।


क्लिकमान्डु