पिएनबी बैंकको ११ हजार करोड डुवाउने मोदीको यस्तो छ ब्यवसाय



काठमाडौं । बुधबार बिहान भारतीय सेयर बजारमा एका एक हाहाकार मच्चियो । कारण थियो एक व्यक्तिले पन्जाब नेसनल बैंकबाट ११ हजार करोड भारु भन्दा बढी रकम घोटाला गरेको बिषय सार्वजनिक हुनु ।

यही कारण बैंकका सेयरधनीले १० प्रतिशत मूल्य गुमाएका थिए । जस्का कारण पीएनबीको सेयरले ३ हजार करोड रुपैयाँको नोक्सानी बेर्होयो ।

यस्तो छ घट्ना
यो पुरै घट्ना ‘लेटर अफ अन्डरटेकिङ’को आडमा भएको हो । यसका लागि एउटा बैंकको ग्यारेन्टीमा अन्य बैंकहरुले भुक्तानी गर्छन् ।
यस घोटालामा पीएनबी बैंकको अलावा यूनियन बैंक अफ इन्डीया, इलाहाबाद बैंक र एक्सिस बैंकका नामहरु जोडिएर आएका छन् । ती बैंकहरुले पिएनबीको लेटर अफ अन्डरटेकिङको आधारमा पेमेन्ट गरेका थिए ।

मुख्य योजनाकार
यो पुरै खेलको मास्टर माइन्ड नीरव मोदी भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । केही दिन अघि सिबीआईले पिएनबीको उजुरीका क्रममा मोदी विरुद्ध मुद्दा दायर गरेको थियो ।

नीरव मोदी एक हिरा व्यापारी हुन् । उनी स्कुलको पढाइ बीचमा नै छोडेर डाइमन्डको व्यवसाय गर्न तिर लागेका थिए । उनले केही वर्षमा नै हजारौँ करोडौँको कम्पनी स्थापना गरेका थिए । कुनै समय फोब्र्सले उनलाई भारतका १०० धनीहरुको सुचीमा सुचीकृत गरेको थियो ।

४७ वर्षया नीरवलाई विश्वको सबैभन्दा ठूलो हिरा डिजाइनरका रुपमा लिइने गरिन्छ । उनी हिरासँग सानैदेखि जोडिएका थिए । सानै देखि मोदी आफ्ना पितासँगै हिरा काट्ने देखि विभिन्न डिजाइन बनाउने खुबी उनमा थियो ।

मोदी पेन्सीलभेनियामा फाइनान्स पढ्न गएका थिए तर, उनले पढाइ बीचमा नै छाडेर हिराको ब्यवसायमा हात हालेका थिए । एजेन्सीको सहयोगमा


क्लिकमान्डु