एक किसान जो कमाउँछन् बार्षिक १० करोड, यस्तो छ तरिका…



काठमाडौं । माटोमा तरकारी फलेको त हामी सबैले देखेका छौं । तर, के तपाईले माटो बिनानै तरकारी फलेको सुन्नुभएको छ ? यो सुनेर तपाईलाई अनौंठो पनि लाग्न सक्छ । तर, यो वास्तमै सम्भव छ । अब तपाई जस्तो मौसममा पनि आफुलाई मन पर्ने तरकारी तथा फलफूलहरु खेती गर्न सक्नुहुने छ ।

खेतीको नयाँ आधुनिक तरिकाले यो कुरालाई सम्भव बनाएको हो । यो आधुनिक तरिकाको नाम हो नाइट्रोजनिक कल्टीवेशन । इजराइल, जापान, चीन र अमेरिका जस्ता मुलुकहरुमा यसै तरिकाले तरकारी खेती गर्ने गरिन्छ ।

यो उपाय भखरै भारतमा पनि भित्रीयका छन् । भारतीय मानिसहरु बिस्तारै यसै तरिकाबाट स्टोबेरी, गोलभेडा, पालुङ, काक्रो, खुर्सानी र काउली जस्ता तरकारीहरु उत्पादन गर्न थालेका छन् । यस उपायलाई ‘स्वेल लेस कल्टीवेशन’ अर्थात ‘माटो बीनाको खेती’ भन्ने गरीन्छ ।

चेन्नाईका श्रीराम गोपालले केही वर्ष अघि माटो बीनानै खेती गर्ने कामको सुरुवात गरेका हुन् । माटो बीनाको खेती गर्दा त्यसमा पानीको प्रयोग पनि माटो वाला खेतीको तुलनामा ९० प्रतिशत कम भए पुग्ने छ ।

लगानीनै कम हुने भएपछि त्यसबाट बढी फाइदा हुने निश्चित छ । उनले २०१५ देखि २०१६ सम्ममा लगभग ४५ देखि ५० लाख भारतीय रुपैयाँको कमाइ गरेका छन् । र, त्यसपछि उनको व्यवसायले अचानक ठूलो उचाइ लिन सफल भएको छ । उनले २०१६ देखि २०१७ मा आईपुग्दा २ करोड भारतीय रुपैयाँ बराबरको आम्दानी गरेका छन् ।

यसरी गरेको व्यवसायबाट उनले सन् २०१७।१८ को सिजनमा झन्डै ६ करोड भारतीय रकम (करिब १० करोड नेपाली रुपैयाँ) बराबरको आम्दानी गरेका छन् । एजेन्सीको सहयोगमा


क्लिकमान्डु