स्मार्ट एटिएम आफैंमा एउटा बैंक ! यस्ता काम हुन्छ सहज, कहिले आउला नेपाल ?



काठमाडौं । पछिल्ला दिनमा हरेक सामान स्मार्ट आउन सुरु गरेको छ । स्मार्ट फोन, स्मार्ट वाच, स्मार्ट मिटर । टेक्नोलोजीको देनले हरेक सामान स्मार्ट खोज्नेहरुको संख्यासमेत बढ्दै गएको छ ।

पैसा झिक्ने एटिएम मेसिनसमेत अब स्मार्ट आउन सुरु भईसकेको छ । यसलाई अष्ट्रेलिया, क्यानडा, भारतलगायतका देशहरुले सन् २०१५ मा नै प्रयोगमा ल्याइसकेका छन् । यस्ता स्मार्ट एटिएम मेसिनले पैसा निकाल्ने सुबिधाका अलावा थुप्रै सुबिधा दिन्छन् ।

स्मार्ट एटिएम मेसिनको प्रयोगबाट नगद जम्मा गर्ने, नगद ट्रान्सफर गर्ने देखि चेक क्लियरेन्स गर्नेसम्मको कामगर्न सकिन्छ ।

यो ग्राहकहरुको लागि नयाँ सेवा प्रदानगर्ने मेसिनको रुपमा अगाडी आएको छ । जसले उनिहरुलाई बैंकसम्म पुग्ने झन्झटबाट मुक्त गराउने छ ।

आपतकालीन अबस्थामा बैंकको शाखा बन्द भएको मानिसहरुले रुचाउँदैनन्, त्यसको बैकल्पिक ब्यबस्थाको रुपमा यस्ता स्मार्ट एटिएम मेसिनले कामगर्ने छन् ।

यस्ता खाले एटिएम मेसिनको प्रयोग सुरु भइसकेको छ । यसमा ब्यक्तिको फेस टु फेस डिजिटल बैंकिङ च्यानमा जोडिएको हुन्छ । अधिकांस नयाँ बैंकिङ सिस्टम जस्तै यसमा मानिसको जिवनशैली परिर्वतन गर्ने क्षमता रहेको बिज्ञहरुको भनाई छ ।

यसको प्रयोग ग्राहककोलागि निकै सुरक्षित हुने दाबी गरिएको छ । मानिसलाई सामान खरिदगर्न जाँदा होस् वा कुनै ब्यवसायको शिलशिलामा गर्नुपर्ने ठुलो रकम भुक्तानी होस् यसको प्रयोगबाट सजिलै गर्न सकिने छ ।

नगद जम्मा गर्न, झिक्न र भुक्तानी दिन मेसिनको प्रयोग हुने हुनाले यो मेसिनले पूर्णत बैंकको काम गर्ने छ । नेपालमा यस्ता किसिमका मेसिनहरु आउन अझै समय लाग्ने जानकारहरु बताउँछन् ।


क्लिकमान्डु