सेञ्चुरी बैंकले माग्यो २१४ जना कर्मचारी



काठमाडौं । सेञ्चुरी बैंकले प्रशिक्षार्थीसहित २१४ जना कर्मचारी माग गरेको छ । बैंकले आज सूचना प्रकाशित गरी सहायक म्यानेजर २ जना, सिनियर अफिसर १३ जना, अफिसर २३ जना, सहायक अफिसर ३६ जना, सुपरभाइजर १८ जना माग गरेको छ ।

यस्तै सिनियर असिस्टेन्ट २४ जना, असिस्टेन्ट ४ जना, म्यानेजमेन्ट टे«नी ४ जना, प्रशिक्षार्थी ७५ जना माग गरेको छ । मेरो जबले व्यवस्थापन गरेको बैंकको कर्मचारीका लागि आगामी ७ दिन भित्र अर्थात् २५ फेबु्रअरी भित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।


क्लिकमान्डु