रेनो क्विड १.० ‘लिइभ फर मोर’




फागुन ५, काठमाडौं । रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले रेनो क्विड टेस्ट ड्राइभ र कार डिस्प्ले इभेन्ट आयोजना गरेको छ । फेब्रुवरी १६ को दिन आयोजना गरिएको यस कार्यक्रममा रेनो १.० लिटर सेग्मेन्टका ग्राहकहरुको लागि बिषेश कार्यक्रम बनेको थियो ।

रेनो क्विड १.० ‘लिइभ फर मोर’ नामाकरण गरिएको यस कार्यक्रममा ग्राहकले टेस्ट ड्राइभ र कारको बिषयमा जानकारी दिएको थियो ।

सो कार्यक्रमले रेनोका ग्राहकहरुलाई बिक्री अघि कारको बारेमा जान्ने अबसर प्रदान गरेको थियो । यो अबसरमा ग्राहकले क्विडका फिचरहरुलाई नजिकबाट नियाल्ने र कसरी पछिसम्म फाइदा लिन सकिन्छ बुझने मौका प्राप्त गरेका छन् ।

कार्यक्रमको दौरान ग्राहकहरुले क्विडको फिचर्स, फियुल इफिसेन्सीलगायतका बिषयमा जिज्ञासा राखेका थिए । क्विडले प्रति लिटर २५.१७ किलोमिटर माइलेज दिने छ भने, यसको ग्राउण्ड क्लिएयरेन्स १८० एमएम र ७ इन्चको टचस्कृन फोरटेनमेन्ट सिस्टम जडान भएको छ । रिमोट कन्ट्रोल लकिङ सिस्टम जडान भएको छ ।

सहभागी ग्राहकहरुले कारको सबै भागलाई नजिकबाट नियाल्ने मौका पाएका थिए । यसका सथौ रेनोको ‘रेनो वाउ अफर’ देशभर संचालन भईरहेको छ ।


क्लिकमान्डु