१२औं टोयोटा ड्रीम कार आर्ट कन्टेस्ट सम्पन्न



काठमाडौं । यूनाइटेड ट्रेडर्स सिण्डीकेट प्राइभेट लिमीटेडले १२औं टोयोटा ड्रीम कार आर्ट कन्टेस्ट सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको कार्यक्रममा विजेताहरुलाई प्रमाण पत्र एवम् पुरस्कार वितरण गरीएको थियो ।

२०१७ नोभेम्वरदेखी २०१८ फ्रेब्रुअरीसम्ममा मुलुक भरीबाट ७०० प्रतियोगी सो कार्यक्रममा सहभागी थिए । प्रतियोगीमध्ये तीन वटा विधामा उत्कृष्ट प्रतियोगीलाई विजेता घोषण गरिएको थियो । टोयटा ड्रीम कार आर्ट कन्टेस्ट मार्फत विश्वभरका बालबालिकाको सोचबाट तयार भएको चित्रलाई भविष्यमा निर्माण गर्ने कारको डिजाइनको रुपमा लिने गरेको छ ।

यस प्रतियोगीतालाई स्वदेशी र अन्तराष्ट्रिय गरी दुई क्षेणीमा विभाजन गरिएको छ । स्वदेशी प्रतियोगीता २०१७ नोभेम्वरदेखी २०१८ फ्रेब्रुअरीसम्म संचालन भएको थियो । जापानमा मे २०१८ मा आयोजना हुने कार्यक्रममा स्वदेशी विजेताले सहभागी जनाउने छन् । जापानमा आयोजना हुने सो प्रतियोगीतमा प्रत्यक विद्याबाट उत्कृष्ट १० चित्रलाई विजेता घोषणा गरिने छ ।


क्लिकमान्डु