जुन घरमा राखिएको छ ४ हजार ६ सय मेट्रिक टन सुन



काठमाडौं । विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकासँग रहेको सुन केन्टुकीको फोर्ट नोक्स स्थित बुलियन डिपोजिटरीमा राखिएको छ । यहाँ करिब ४ हजार ६ सय टन सुन राखिएको छ ।

फोर्ट नोक्स एउटा आर्मी पोस्ट हो । जुन १ लाख ९ हजार हेक्टरमा फैलिएको छ । यसभित्र रहेको सुन वल्ट मोटो ग्रेनाइटको भित्ताले घेरिएको छ । यस्तै यो भबनको छत बमप्रूफ रहेको छ । यसलाई विश्वको सबैभन्दा सुरक्षित बिल्डिङ मध्येको एक मानिन्छ ।

फेडरल रिजर्वका अनुसार यो बिल्डिङमा १४७.३ मिलियन औंस (४ हजार ६ सय मेट्रिक टन) सुनका ईट्टा राखिएको छ । यसलाई युनाइटेड स्टेट बुलियन डिपोजिटरी पनि भन्ने गरिन्छ ।

बिल्डिङमा जुन ठाउँमा यो सुन राखिएको छ । त्यो ठाउँमा ग्रोनाइडको मोटो भित्ताले घेरिएको छ । त्यही फोर्ट नोक्स बिल्डिङ मल्टीपल अलाम भएको फेन्सिङले घेरिएको छ । जसको दैनिक रुपमा हेलिकप्टरबाट निगरानी राखिने गरिएको छ ।

यसमा २२ टनको ढोका राखिएको छ । स्टाफको १० फरक फरक कम्बीनेसन कोडबाट यस ढोकालाई लक गरिएको छ । यसलाई आफ्नो कोडबाहेक अरु स्टाफ मेम्बरको कोर्ड थाहा हुदैन ।

यदी कोही व्यक्ति यो विल्डिीङ नजिकै जान खोजे भने त्यसबाट सुरक्षति राख्नको लागि हेलिकप्टर, ट्याक्सी, फेन्सिग, गार्ड, कंक्रीट लाइट भएको ग्रेनाइटको भित्ता र चारै तिरको अलार्म बजन सुरु हुन्छ ।

कयौँ देशले यहाँ राखेका छन् सम्पत्तीः यो बिल्डिङको सिक्यूरिटीको बारेमा जानेर यो अनुमान लगाउन सकिन्छ, दोस्रो विश्व युद्धमा किन फोर्ट नोक्सलाई प्राइमेरी स्टोरेजको अप्शनका रुपमा लिने गरिदो रहेछ । यहाँ यूरोपीयन नेशनका गोल्ड रिजर्भ, मैग्ना कार्टा, यूकेको क्राउन ज्वयलर्स र अमेरिकी संविधानलाई सुरक्षित राखिएको छ ।

साढे ५ करोडमा बनाइएको थियोः सन् १९३६ मा अमेरिकी ट्रेजरी डिपार्टमेन्टले केन्टुकीमा रहेको फोर्ट नोक्समा यूनाइटेड स्टेट्स बुलियन डिपोजिटरीको कन्स्ट्रक्शन पुरा गरिएको थियो ।

अमेरिकी ट्रेजरी डिपार्टमेन्टको यो जग्गा अमेरिकी मिलिट्रीले ट्रान्सफर गरेको थियो । यसको निर्माणमा त्यस बेला नेपाली साढे ५ करोड (५.६ लाख अमेरिकी डलर) खर्च गरेर निर्माण गरिएको थियो । सन् १९८८ मा यो जग्गालाई अमेरिकाको नेशनल रजिस्टर अफ हिस्टोरिक प्लेसेजमा राखिएको थियो । दैनिक भास्करबाट


क्लिकमान्डु