कोकाकोलाले विश्वकप फुटबल हेर्न नेपालबाट ४० जना लैजाने



काठमाडौं । चालीसौं वर्षको आधिकारिक प्रायोजकको रुपमा कोका कोला ले विश्वकप फुटबल हेर्न लैजाने गरि नयाँ अभियान ल्याएको छ । ‘कोक खाम्, रसिया जाम्’ अफर अन्तर्गत कोकाकोला नेपालले आफ्ना उपभोक्तालाई प्रत्यक्षरुपमा विश्वकप फुटबल रसियामा देखाउने योजना सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले फिफा प्रत्यक्ष हेर्न रसिया जान पाउने छन् । यस योजना अन्तर्गत भाग्यशाली उपभोक्ताले सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।

यसका अलावा २०० उपभोक्ताले दैनिक आकर्षक उपहार जित्न सक्नेछन् । फिफा लोगो अंकित फिफा वल्र्डकप बिशेष उपहारहरु जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जस्ता बस्तुहरु जित्न सक्ने छन् भने हरेक दिन २ जनाले २४ इन्चको टेलिभिजन जित्न सक्नेछन् । यसरी यो पूरै क्याम्पेनमा १२ हजार ६०० जनाले बिभिन्न प्रकारका उपहार जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

‘यो निकै ठुलो क्याम्पेन हो जहाँ १२ हजार ५०० बिजेताले फिफाको लोगो अंकित बिषेश उपहार जित्न सक्ने छन् । जसमा ४० जनाले प्रत्यक्ष खेल हेर्ने मौका पाउने छन् ।’ कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भने ।

यो योजना फेब्रुवरी १५ देखि सुरु भएर अप्रिल १५ सम्म संचालन हुनेछ । यो अफरमा ३०० एमएल, ५०० एमएल, १ लिटर, १.५ लिटर र २.२५ लिटरका कोक, फेन्टा ओरेन्ज, फेन्टा लेमोन, स्प्राइट र कोक जिरोमा लागू हुनेछ ।

यो क्याम्पेनमा १८ बर्ष पूरा गरेका नेपाली नागरिकले भागलिन पाउने छन् ।

यसमा सहभागी हुने उपभोक्ताले १० अंकको युनिककोड जुन लेबलको पछाडि राखिएको हुन्छ, त्यसलाई ३७७२२ मा एसएमएस गर्नु पर्नेछ । लक्की ड्रमा राति १२ बजेदेखि बेलुका ७ बजेसम्म आएका एसएमएस समावेश गराइने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु