फागुन २७ गतेदेखि प्राइम लाईफको सेयर बिक्री खुल्ने



काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्सको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद सेयर बिक्री खुल्ला यही फागुन २७ गतेबाट गर्ने भएको छ ।

कम्पनीले यही फागुन १७ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयर भर्न पाउने छन् । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको हकप्रद सेयर बिक्री पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ४६ करोड भन्दा बढी हुने छ ।

कम्पनीले आफ्ना सेयरधनीलाई १ः१.६ को अनुपातमा बिक्री गर्ने हकप्रद निस्कासनको जिम्मा सिद्धार्थ क्यापीटललाई दिएको छ ।


क्लिकमान्डु