शेष घलेको शेराटन होटल: ३५% काम सकियो, १३ अर्ब लगानी, डेढ वर्षभित्रै सञ्चालनमा आउने



काठमाडौं । गैरआवासिय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घलेको लगानी ठमेलमा निर्माणधीन पाँच तारे शेराटन होटलको ३५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । सन् २०१९ को मध्यतिरबाट सञ्चालनमा ल्याउने लक्ष्यका साथ धमाधम होटल निर्माण भइरहेको एमआईटी ग्रुप होल्डिङसले जनाएको छ ।

भूकम्प र नाकाबन्दीका कारण डेढ वर्ष धकेलिएको होटल अहिले द्रुत गतिमा निर्माण भइरहेको एमआईटीका म्यानेजर सुरेश चित्रकारले जानकारी दिए ।

हाल होटलको सबैभन्दा चुनौतीपूर्ण मानिएको बेसमेन्ट निर्माण सकिएर अहिले तेस्रो तलाको ढलान भइरहेको छ । यसअघि फेब्रुअरी २०१८ मा सञ्चालन गर्ने भनिए पनि भूकम्प र नाकाबन्दीका कारण निर्माण सुरु हुन ढिला हुँदा २०१९ देखि मात्रै सञ्चालनमा आउने चित्रकारले बताए ।

‘अहिलेसम्म ३५ प्रतिशतको हाराहारीमा निर्माण सकिएको छ,’ उनले भने ।

शभरमा अहिले १० वटा पाँचतारे होटल सञ्चालनमा छन् । सन् २०१९ सम्ममा १० वटा पाँचतारे होटेल थपिँदै छन् । त्यसमध्ये शेराटन सबैभन्दा ठूलो लगानीमा आउन लागेको  हो ।

कान्तिपथस्थित केशरमहलसँगै करिब १४ रोपनीमा जमिनमा बनिरहेको होटलमा २२५ वटा गेस्ट र सुइट रुम रहने छन् । शतप्रतिशत वैदेशिक लगानी रहेको होटलको लागत शुरुमा ८ अर्ब रुपैयाँ अनुमान गरिएकामा निर्माणमा ढिलाइका कारण करिब १३ अर्ब पुग्ने देखिएको एमआईटी ग्रुपले जनाएको छ ।

होटल सञ्चालनमा आएपछि यसबाट नाफा कमाउन १५ वर्ष लाग्ने कम्पनीको प्रक्षेपण छ । होटलको २ तला पार्किङ, बेसमेन्ट, लबी सहित १३ वटा तलामा गेष्टरुम हुने छ । होटेलभित्रै रिटेल सपिङ सुविधा लिन सकिनेछ । हेल्थ क्लब, स्विमिङ पुल र फिटनेस सेन्टरको पनि यो होटेलमा सुविधा राख्न लागिएको छ ।

होेटलमा विवाह र सभा-समारोहका लागि करिब एक हजार सिट क्षमताको सभाकक्ष निर्माण हुँदैछ । जुन काठमाडौंमा हालसम्म उपलब्धमध्ये सबैभन्दा ठूलो हुनेछ । त्यसमा तीन वटा मिटिङ, बोर्ड रुम र थप दुई सभाकक्ष पनि निर्माण हुदैं छ ।

देशभरमा अहिले १० वटा पाँचतारे होटेल सञ्चालनमा छन् । सन् २०१९ सम्ममा १० वटा पाँचतारे होटेल थपिँदै छन् । त्यसमध्ये शेराटन सबैभन्दा ठूलो लगानीमा आउन लागेको  हो ।

अन्तर्राष्ट्रिय चेन शेराटन

बिश्वकै अग्रणी होटल म्यानेजमेन्ट कम्पनी ‘स्टारवुड होटल र एण्ड रिसोर्ट वल्डवाइड इंक’ ले सञ्चालन गर्ने विभिन्न होटल ब्राण्डमध्ये शेराटन पनि एक हो । अमेरिकाबाट सुरु भएको स्टारवुड सन् १९६९ बाट सुरु भएको ब्रान्ड हो ।

शेराटन ब्राण्डमा बिश्वका करिव ७० मुलुकमा ४ सय होटल संचालन भइरहेका छन् । स्टारवुडले शेराटन बाहेक अन्य दर्जनौ होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ । शेराटनले सेराटनकै नाममा बिश्वका झण्डै एक सय मुलुकमा होटल सञ्चालन गरिरहेको छ जहाँ करिव १ लाख ८१ हजार ४ सय कर्मचारी कार्यरत छन् । नेपालमा भने पहिलो पटक शेराटन चेन भित्रिन लागेको हो ।


पुष्प दुलाल