किन परे लक्ष्मी र मेगा बैंक राष्ट्र बैंकको कारवाहीमा ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र मेगा बैंकलाई कारवाही गरेको छ ।

अनिवार्य नगद मौज्जात(सिआरआर)को रकम नपुर्याएपछि राष्ट्र बैंकले लक्ष्मी बैंक र मेगा बैंकलाई कारवाही गर्दै जरिवाना गरेको छ ।

अनिवार्य नगद मौज्दात(सिआरआर)मा राख्नुपर्ने ६ प्रतिशत नपुर्याएपछि लक्ष्मी बैंकलाई ५ लााख २४ हजार २ सय २४ रुपैयाँ मेगा बैंकलाई २ लाख २६ हजार ९७८ रुपैयाँ जरिवाना गरिएको छ ।

पुस मसान्तसम्ममा लक्ष्मी बैंकको निक्षेप ६० अर्ब २७ करोड ९० लाख रुपैयाँ छ । यसको ६ प्रतिशतले हुन आउने रकम ३ अर्ब अर्ब ६१ करोड ६७ लाख रुपैयाँ सिआरआरको रुपमा राख्नुपर्छ ।

मेगा बैंकले पुस मसान्तसम्ममा ४५ अर्ब ५७ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

मेगाले ६ प्रतिशतको दरले २ अर्ब ७३ करोड ४४ लाख रुपैयाँ सिआरआरको रुपमा राख्नुपर्छ । दुई बैंकको सिआरआरमा राख्नुपर्ने रकम नराखेपछि केन्द्रीय बैंकले कारवाही गरेको हो ।


क्लिकमान्डु